दाङ,११ माघ/ माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पाँच नम्वर प्रदेशको उमेद्वार मनोनयनको काम दाङको घोराहीमा गरिएको छ । ५ नम्वर प्रदेशमा खुल्ला तर्फ एमालेबाट खिमलाल भट्टराई, काँग्रेसबाट दुर्गाप्रसाद उपाध्याय, चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीले उमेद्वारी दर्ता गराएका छन् ।
दलित तर्फ एमालेबाट रामलखन चौधरी, काँग्रेसबाट मैकुलाल चौधरीले उमेद्वारी दर्ता गराएका छन् । त्यसैगरी अपाङ्ग तर्फ काँग्रेसबाट लुटबहादुर खत्री र माओवादीबाट राजकुमार कुँवरले उमेद्वारी दर्ता गराएका छन् । महिलाबाट भने आवश्यक संख्या ३ जनाको मात्रै उमेद्वारी परेको छ ।
एमालेबाट कोमल वली, मिना बुढा र काँग्रेसबाट अनिता देवकोटाले मात्रै उमेद्वारी मनोनयन दर्ता गराएका हुन् । उनीहरु तीनैजना निर्विरोध राष्ट्रिय सभा सदस्य बनेका छन् ।
५ नम्वर प्रदेशमा खुला तर्फ महिला ३, दलित १ र अपाङ्ग÷अल्पसंख्यक १ गरी ८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् । ११ जनाले उमेद्वारी दर्ता गराएका छन् । ५ नम्वर प्रदेशमा बाम गठबन्धन,नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा चुनावी मैदानमा छन् ।









प्रतिक्रिया दिनुहोस्