हुम्ला,३ माघ/ राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोर अन्र्तगत सिमकोट हिल्सा सडक खण्ड जोडिन अब चार किलो मिटर मात्र बाँकी रहेको छ । त्यो पनि बिष्फोटक पदार्थको अभावमा चार सय मिटर बाटोमा एक वर्ष देखि कार्य रोकिएको छ भने बाँकी तीन दशमलब छ सय किलो मिटरमा कार्य भैरहेको छ ।

हालसम्म बाटोको निर्माण कार्य सकिएर सिमकोट हिल्सा बाटोमा गाडी गुुडी सक्नुु पर्ने भए पनि एक बर्षदेखि विष्फोटक पदार्थको अभावमा च्याछरा खण्डको बाटोको निर्माण कार्य रोकिएको सिमकोट हिल्सा सडक आयोजनाका सव इन्जिनीयर विरेन्द्र शाहीले बताउनुु भयो ।

हाल जयन्ती निर्माण सेबाले काम गरि रहेको करिब चार सय मिटर कडा चट्टानका लागि बिष्फोट पदार्थ नभई काम गर्न नसकिने भएको हुुँदा नेपाली सेनासंग बिष्फोट पदार्थको कुरा भै रहेको र अबचाँडै दिने कुुरा भए अनुुसार निर्माण कार्यले चाँडै तिव्रता पाउने उहाँले बाउनुु भयो । हाल सिमकोट हिल्सा कै हेक्पा खोला हुुँदै ताग्रुु र च्याछरा खण्डको बाटोमा सुुर्य निर्माण सेबाले काम गरि रहेको र चाँडै सम्पन्न हुुने उहाँले बताउनुु भयो ।

अहिले हिल्सा देखि च्याछरासम्म ७४ किलो मिटर र सिमकोट देखि हेक्पा खोलासम्म १७ किलो मिटर बाटोमा गाडी गुुडी रहेको उहाँले बताउनुु भयो । नेपाल र चीनको बोर्डर हिल्सामा पक्की पुुल निर्माण भै सकेको छ भने तुुम्कोटमा पनि बेलिब्रिज निर्माण भएर गाडी गुुडि रहेका छन । यस बर्ष तीन वटा ताग्रुु, सल्ली र हेक्पा खोलाको पक्की पुुल निर्माणका लागि टेण्डर भई निर्माण कम्पनी छनौट भएर काम संचालनको अवस्थामा रहेका छन भने याङ्गार खोलामा पुुल निर्माणका लागि पून डिजाईन भै रहेकोे भरखरै जिल्लाबाट सरुवा हुुनुु भएका सिमकोट हिल्सा सडक आयोजनाका इन्जिनीयर बिजय थापाले बताउनुु भयो ।