
काठमाडौँ ।
बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ६ अर्ब १४ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ५ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ । यसदिन ३५५ वटा धितोपत्रको एक करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर किनबेच भएको हो । बिहीबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ वटाको घटेको छ । यस्तै, १४ कम्पनी स्थिर छन् ।
युनिक नेपाल लघुवित्तको मूल्य सर्वाधिक ४.८८ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४६ रूपैयाँ ९० पैसा पुगेको छ । यस्तै, लक्ष्मी उन्नति कोषको मूल्य ४.२९ प्रतिशतले बढेर प्रतिइकाइ मूल्य ९ रूपैयाँ ७३ पैसा कायम भएको छ । यसदिन एलएस होरिजन १२ को मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ । उक्त इकाइको मूल्य ९ रूपैयाँ २० पैसा पुगेको छ । यसैगरी, एभरेस्ट कलरको मूल्य ४.६० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २६ रूपैयाँ ५० पैसामा सीमित भएको छ । बिहीबार हिमालयन ऊर्जा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
उक्त कम्पनीको २९१ रूपैयाँ ५० पैसामा २४ करोड १ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१४ प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा पिपुल्स हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको ३८१ रूपैयाँ ९० पैसामा २२ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ । यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ ।









प्रतिक्रिया दिनुहोस्