सुदीप अधिकारी : बर्दिया, २७ पुस/ राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप कबड्डी प्रतियोगिताको उपाधी त्रिभुुवन आर्मी क्लबले जितेको छ । पुरुष र महिला दुबैतर्फको उपाधी त्रिभेवन आर्मीले चुमेको हो ।
बिहिबार सम्पन्न पुरुष तर्फको फाइनल खेल त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल बीच भएको थियो । फाइनल खेलमा आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ अंक ल्याएर कबड्डी च्याम्पियनसिपको उपाधी चुमेको हो । पुरुष तर्फको प्रतियोगितामा पश्चिमाञ्चलले दोस्रो स्थान हात पारेको छ ।
यसैगरी महिला तर्फको कबड्डी च्याम्पियनसिपको उपाधी पनि त्रिभुवन आर्मीले हात पारेको छ । महिला तर्फको फाइनल खेलमा त्रिभुवन आर्मी र सुदुरपश्चिमाञ्चल भिडेका थिए ।
सुदुरपच्मिाञ्चललाई २२ का विरुद्ध ३९ अंक ल्याएर त्रिभुवन आर्मी क्लबले महिला तर्फको च्याम्पियनसिप उपाधी चुमेको हो । उपाधी बिजेता र उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशवकुमार विष्टले ट्रफि र प्रमाण पत्र वितरण गरेका थिए ।
कबड्डी च्याम्पियनसिप प्रतियोगितामा पुरुष महिला दुबै तर्फ त्रिभुवन आर्मीका खेलाडी एक एक जना खेलाडी उत्कृष्ट भएका छन् । पुरुषतर्फ त्रिभुवन आर्मीका जर्सी नं १२ का नागेश्वर थारु र महिलातर्फ जर्सी नं ३ की मेनुका राजबंशी खेल अवधी भरका उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडीहरुलाई नगद १५÷ १५ हजार पुरस्कार प्रदान गरिएको छ ।
राखेप च्याम्पियनसिप कबड्डी प्रतियोगिता बर्दियाको ठाकुरबाबा नगरपालिका– १,सिहंवाहिनी खेल मैदानमा भएको थियो । अखिल नेपाल कबड्डी संघले आयोजना गरेको प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरि ५÷५ टिम, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी र नेपाल प्रहरी ३÷३ वटा विभागिय टिम गरि ८÷८ वटा टिम रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्