नेपालका अविरल बने विश्व च्याम्पियन



काठमाडौँ । 
‘हिमालयन चितुवा’को उपनामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरेले ‘हिट किक बक्सिङ–५९’मा विश्व च्याम्पियनसिपको उपाधि जितेका छन् । अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा उनले उपाधि कब्जा गरेका हुन् ।

उनले जापानको नागोया सहरस्थित करिया हलमा भएको मुख्य प्रतिस्पर्धामा साविक विजेता फ्रेन्च बक्सर माथन चोइनार्डविरुद्ध जित निकालेका हुन् । दोस्रो राउन्डको दोस्रो मिनेटमा अविरलको कडा मुक्कालाई सहन नसकेर चोइनार्ड रिङमै ढलेका थिए । त्यसपछि रेफ्रीले नकआउटका आधारमा अविरललाई विजेता घोषणा गरेका थिए ।
यससँगै अविरल यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बक्सर बनेका छन् । हालसम्म २९ वटा अन्तर्राष्ट्रिय खेल खेलेका अविरल घिमिरेले २१ जित हासिल गरेका छन् । जसमा २० जित नकआउटमार्फत निस्किएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार