कोहलपुर,२७ पुस/ कोहलपुर नगरपालिका —११ स्थित सहकारी संस्था लिमेटडको १८ औं वार्षिक साधारण सभा बुधबार कोहलपुरमा सम्पन्न भएको छ । सभाको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सातवटा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
सभाको प्रमुख अतिथि समेत रहेका रावतले उद्घाटन सत्रमा बोल्दै कोहलपुर क्षेत्रका सहकारीहरु नगरपालिकाको मातहतमा चल्ने भएकोले सबैले उक्त कुरामा सहयोग हुनुपर्ने बताए । आफु साझा सहकारीको पुरानो शेयर सदस्य रहेकोले सहकारीको सधै हित भएको हेर्न चाहेको बताए ।
साथै सहकारीले गरिब जनताका छोराछोरीको शिक्षादिक्षामा लगानी लगाउनुपर्ने बताए ।सभामा संस्थाका अध्यक्ष पारस नाथ थारुले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा आर्थिक वर्ष २०७२÷०७३ को कुल शेयरपूँजी रु ३ करोड ६४ लाख ७१ हजार ६ सय रहेकोमा आर्थिक वर्ष २०७३÷०७४ वृद्धि भई कुल शेयरपूँजी रु४ करोड १५ लाख २ हजार ६ सय रहेको समेत जानकारी गराइएको थियो ।
सभामा ८० वर्ष देखि माथिका १२ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद रु १ हजार ३ सय ५ रुपैया र सम्मान पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै ४ जना असल बचतकर्ता पानसरा सुनार,बेल बहादुर खड्का,महेश थारु,अलानदिन बडेवा तथा ४ जना असल ऋणी पुर्ण प्रसाद कोईराला,जोधी थारु,महेश थारु,आज्ञाराम गडरिया तथा १० जना रक्तदान गर्ने शेयर सदस्यहरु समेतसम्मान गरिएको थियो ।
संस्थाका लेखापाल प्रदिप कुमार ुढाथोकीलाई समेत राम्रो काम गरेको भन्दै सम्मान पत्रसहित सम्मान गरिएको थियो । सहकारी संस्थामा हाल ८ हजार १ सय ८६ जना शेयर सदस्यहरु रहेका छन ।सभामा सहकारी संघ बाँकेका प्रतिनिधि प्रकाश ज्ञवाली,कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्का , कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, बहुउद्देश्यीय सहकारी सघका सचिव हरी चालिसे, सहकारी बैक कोहलपुर शाखाका प्रमुख सुजन ददेल ,नेपाली काँगेस कोहलपुरका सभापति बलराम शर्मा, महिला उपकार मंचकी विजुला अधिकारी, भेरी शित भण्डारका अध्यक्ष डोलराज अर्याल लगायतले साधारण सभाको सफलताको शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पारस नाथ थारुको सभापतिवमा सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष राज मोहन चौधरीले कार्यक्रमको संञ्चालन
गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्