धम्बोझीमा एक वृद्धको उद्दार



नेपालगञ्ज,२६ पुस/   नेपालगन्जको धम्बोझीमा चिसोले कठ्याङग्रीएर बेवारीसे अवस्थामा भेटिनुएा एक वृद्धलाई लालिगुरास बचत तथा ऋण सहकारी संस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेख गर्ने गरी मंगलबार उद्दार गरिएको छ । वृद्धलाई उद्दार पश्चात वृद्धाआश्रमा राखिएको छ ।

चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी चोकमा भेटिनुए दाङ्ग घर बताउने जित बहादुर ओझालाई उद्दार पश्चात नेपालगञ्जको निलसागर वृद्ध आश्रममा रेखदेखका लागि पु¥याइएको अर्यालले जानकारी दिए ।

चिसोमा सडकमै बस्ने र सुत्ने गर्दा वृद्धको स्वास्थ स्थिति विग्रदै गएको अवस्थामा फेला परेको उद्धारमा खटिनुए रेडियो सदभावका खगेन्द्र दाहालले जानकारी
दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार