काठमाडौँ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले स्तब्ध पार्दै लेन्स फ्रेन्च सुपर कपको च्याम्पियन बनेको छ । लेन्सले पहिलोपटक फ्रेन्च सुपर कपको उपाधि उचालेको हो । आइतबार कप्तान फ्लोरियन थाउभिनले गरेको एकमात्र गोल लेन्सलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
उनले ३२औँ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा केलियन एन्टोनिओले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। तर, पीएसजीले त्यसको फाइदा लिन सकेन । खेल सकिन चार मिनेट बाँकी रहँदा पीएसजी पनि १० खेलाडीमा सीमित बन्यो ।
नुनो मेन्डिसले रातो कार्ड सामना गरेका थिए । यससँगै पीएसजी सिजनको दोस्रो उपाधिबाट बञ्चित भएको छ । टोलीले केही दिन अगाडि यूइएफए सुपर कपको उपाधि जितेको थियो । फ्रेन्च सुपर कपमा लिग वान र कप डे फ्रन्सको विजेता प्रतिस्पर्धा गर्छन् । गत सिजन पीएसजीले लिग वान र लेन्सले कप डे फ्रान्सको उपाधि जितेका थिए।









प्रतिक्रिया दिनुहोस्