02
कोहलपुर (बाँके) ।
जिल्लाको बैजनाथ–४ बानियाभारस्थित नवप्रतिभा महिला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२–०८३ को लेखा परीक्षण तथा २१औँ साधारण भेला २०८३ सम्पन्न भएको छ । समूहका सचिव केपबहादुर ओलीले गत आवको आयव्यय प्रस्तुत गरेका थिए । उनले चालू आव २०८३–०८४ को प्रस्ताव नीति तथा कार्यक्रम र बजेट शीर्षक प्रस्तुत गरेका हुन् । उनका अनुसार समूहले चालू आर्थिक वर्षमा कूल २९ वटा गतिविधि गर्ने योजना बनाएको छ ।
सचिव वलीले प्रस्तुत गरेका नीति तथा योजना र बजेट तथा भावी कार्ययोजना बहुमतले पारित भएको थियो । समूहकी अध्यक्ष भगवती शाहले उपभोक्ताहरूको हितमा समूहले काम गरिरहेको बताइन् । उनका अनुसार उपभोक्ताहरूको आत्मनिर्भरता र जीविकोपार्जनमा सहयोग गरिरहेको छ । ‘समूहमा सयौँ उपभोक्ता रहेका छन् । उनीहरूको हितमा काम गरिरहेको छ । आर्थिक उपार्जनमा काम गरिरहेका छौँ । शून्य तहबाट अहिलेसम्मको अवस्थामा पुगेका छौँ,’ उनले भनिन् । समूहका सहसचिव नेत्रलाल डाँगीले स्वागत मन्तव्य राखेका थिए ।
००००००









प्रतिक्रिया दिनुहोस्