नियात्राः अयोध्याको भ्रमण र शरयु नदिमा डुबुल्की मार्दा



नरेन्द्र देवकोटा ‘प्रशान्त’

धेरै पहिलेदेखि परिवारको साथ अयोध्या स्थित भगवान राम मन्दिरमा जाने चाहना थियो । साइत जुरेको थिएन । जिल्ला सरकारी वकील कार्यालय प्यूठानबाट बर्दिया सरुवा भएको एक महिना पुरा भई सकेको थियो । अर्थात २०८३ सालको बैशाख १८ गते प्युठानदेखि सरुवा रमाना भएर आएको एक महिना कार्यकाल सम्मन्न भैसकेको थियो । म बर्दिया जिल्लामा यही बैशाख १८ गते शुक्रबारको दिनमा बैशाख पुर्णिामा, अर्थात बुद्वजयन्ती परेको र नेपाल सरकारले सदा झैँ यस बर्ष पनि यस दिनलाई सार्वजनिक बिदा दिएको थियो १९ र २० गते शनिवार र आईतवार परि सार्वजनिक बिदा भएकोले एति लामो बिदामा घरमा गएर गर्मी खानु भन्दा घरमा रहेकी परिवार पुर्णिामा (धर्मपत्नी पूर्णलक्ष्मी) र कान्छोछोरा रोसनलाई बर्दियामै बोलाएर बर्दिया स्थित कृष्णसार घुम्न जानेकि अयोध्या स्थित राम मन्दिर घुम्न जाने द्वोविधा भैरहेको थियो ।बर्दिया स्थित डी. शर्मा भन्ने एकजना सर सँग केही समय अघिको चिनजान थियो। उहाँले अयोध्या जाने सल्लाह साथ आफु पनि घुम्न सँगै गएर साथ दिने सल्लाह दिए पछि १८ गते अयोध्या घुम्न जाने निश्चित भयो । उहाँले सबेरै बिहान गाडीको चाँजोपाँजो मिलाई करिव ९.४५ बजेतिर चालक सहित गाडी ल्याएर हाम्रै अफिसमा आउनु भयो ।हामी तयारी थियौँ कान्छो छोरा रोशन पुर्णिामा र म गाडीमा बस्यौँ । डी. सरको साथमा उहाँको म्याम पनि रहनु भएकोले मेरी म्याम गफ गर्ने साथी मिलेकोमा धेरै खुसी भईन् । सानो बाबु रोशन अझ धेरै खुसी भए, सानै उमेरमा अयोध्या स्थित राम मन्दिर, विशाल शरयु नदिमा नुहाउन र अयोध्या शहर घुम्न पाउने भएकोमा । ईन्डिया अर्थात भारत छिमेकी नजिकको खुल्ला सिमा भएको देश भएपनि धेरै कुरामा ध्यान पुर्याउन जरुरी हुन्छ । भारतको सिमा शुरु भएदेखि फर्केर बर्दिया गुलरिया नपुगुञ्जेल सम्म सर्वप्रथम पर्याप्त मात्रामा भारतिय मुद्राको सरजाम गर्नुपर्ने हुन्छ । भारतीय मुद्राका रू. १÷ को डलर देखि रू. ५÷१०÷२०÷५०÷१००÷२०० र ५००÷– सम्मको नगद सटही गरेर राख्नु पर्दछ । जो मैले साट्न पााएको थिईन डी.शर्मा सरसँग खोजीदिन सहयोग मागे । उहाँले आवश्यक व्यवस्थापन सहजै गरि दिनु भयो ।

दोश्र्रो समस्या थियो– अनुहार स्पस्ट देखिने नाम थर वतन जन्म मिति खुलेको अंग्रेजी भाषामा समेत नामथर वतन एवं जन्म मिति समेत खुलेको नागरिकताको प्रमाणपत्र÷ सवारी चालक अनुमति पत्र पासपोर्ट अर्थात परिचय खुल्ने कुनै प्रमाणपत्र अनिवार्य साथमा बोकेको हुनुपर्दो रहेछ । यसको साथै मोवाईलमा पहिलेनै डाटा लिइ सकेको हुनुपर्दछ । गाडीमा सवार हुनुपूर्व नेपाली सवारी गाडी नभै भारतीय नंवर प्लेटका गाडी, र नेपाली सवारी चालकको व्यवस्था गर्न जरुरी छ । यस बाहेक आफ्नो साथमा नियमित नुहाउँदा फ्रेस हुँदा चाहिने भित्री कपडा, टावेल ब्रस टुटपेष्ट रेजर क्रिम पाउडर जुत्ता चप्पल मोजा, यसैगरी महिलाले पनि सरसजावट र मेकअपका सामान फेर्ने भित्री कपडा, सिजन र मौसम अनुसारका कपडाहरू राख्न बिर्सनु हुँदैन । पिउने पानी समेतको जोह गरेर हिँड्नु पर्ने हुन्छ । यात्रामा जोखिमयुक्त मालवस्तु बोक्न हुँदैन। भन्सार जाँच गर्दा अनावश्यक मालवस्तु फेला परेमा लफडामा पर्ने मात्र होइन, कानूनी अड्चनको सामना गर्नुपर्ने हुन्छ । हामी चालक सहित ६ जना अयोध्या स्थित भगवान रामको दर्शन गर्न भनेर बर्दिया भन्सार नजिक पुग्यौँ । भारतीय सुरक्षा जाँच कर्मचारीहरूले नभन्दै नागरिकता र सवारी चालक अनुमतीपत्र मागे । हामी सबैले नेपाली नागरिकताको प्रमाणपत्र र सवारी चालक अनुमतीपत्र समेत देखायौँ ।नाम थर वतन, जन्ममिती मोवाईल नंवर उमेर सबै टिप्दो रहेछ, साथै यात्रा गर्ने स्थान पनि सोध्दो रहेछ । नेपालको सिमा सकी हामी भारतीय भूभाग सडकका दायाँबायाँ किनार छेउछाउ सडकसँग जोडिएका जमिनहरू हेर्दै अघि बढ्यौँ । बैशाख महिना आफैमा भतभती पोल्ने गर्मीले हामी सबैलाई असिनपसिन बनाएको थियो । केही जमिन भर्खर गहुँ भित्र्याएर बाँझा देखिन्थे । केही जमिन मकै बड्दै गरेका देखिन्थे । केही गहुँपाक्दै गरेका फाँटहरू देखिन्थे । पसाउन लागेका मकैका ठुलाठुला फाँटहरूले खुवै आकर्षक देखिन्थे । केही जमिन केरा घारीले निकै शुन्दर देखिन्थे । हामी गफ गर्दै अघि बढ्यौँ । अघिल्लो १७ गते राती धेरै झरी परेको थियो सो रातमा बर्षात बर्दिया जिल्लामा मात्र नभएर नेपालका विभिन्न जिल्लामा पनि भएको थियो । भारतमा पनि बर्षात भएको रहेछ । यसैले पनि अली शितल नै थियो ।

शीतल भएपनि गर्मीको रापताप भने कम थिएन । पानी तिर्खा निकै लाग्यो । मिनरल वाटर अर्थात पानी लिननै बिर्शेका रहेछौँ । देव सर झ्याल छेउ हुनुभएकोले भारतीय स्थानीय बजारबाट एक कार्टुननै मिनरल वाटर किनेर ल्याउनुभयो । बाटोभरी कर्णाली नदीको चिसो पानी भन्दै मनग्ये पानी पिउँदै गयौँ । छोरा रोसनलाई कुरमुरे खान मन लागिरहेको रहेछ, बजार तर्फ जानु भएकोले सरलाई ल्याईदिनलाई अह्राएँ । सरले कुरमुरे र पोटेटो चिप्सका सानसाना ५÷६ पोका किनेर ल्याईदिनु भयो, बाबु रोशन औधी खुसी भए । बाटोमा पर्ने मिरपुरुवा, चौटिन, मोतिपुर, निपुरलाई हेर्दै अघि बढ्यौँ । धेरै ठुला घर भने बाटोमा थिएनन् । बाटोमा सडक किनार परतिर आँपका ठुला ठुला बगियाहरू देखिन्थे । साँच्चिकै बगियाले हामीहरूको मन तानीरहेका थिए । बाटोमा नानपारा, रुपहिडिया चोक बहराईच, लखनउ, जाने साईनबोर्ड देखिरहेका थियौँ । लखनउको साईनबोर्ड देखेपछि भूलभूलैया हेर्न जान पाए हुन्थ्यो भन्ने पनि लागिरह्यो । तर यसपाली राम मन्दिर बाहेक अन्यत्र जाने सोच थिएन । बैशाख १७ गते राती आएको बर्षात नेपालको बर्दिया र बाँकेमा मात्र रहेनछ ईन्डियाका अयोध्या सम्मका स्थानमा भारी बर्षात भएको रहेछ ठाउँठाउँका खेत जमिनमा पानी जमेको र कहीँकतै रुख ढलेका र हाँगाविंगा भाँचिएका दृश्यहरू देखिरहेका थिए । हामी बाटोमा देखिने दृश्यहरू हेर्दा हेर्दै राम जन्मभूमि अयोध्या वारि पुगीसकेका रहेछौँ । जब विशाल सरयुनदी माथी रहेको लामो पक्कीपुुल आईपुग्यो मलाई लाग्यो साँच्चै यात्रा सहज रहेनछ । जब सरयु नदीमाथी विशाल लामो पक्की पुल बनायो भारत सरकारले तब हरेक यात्रुलाई भगवान रामको पवित्र पावन जन्मभूमिको दर्शन गर्न सरयु नदी माथीको पुल बाटै भगवान श्री रामचन्द्रको भव्य मन्दिरमाथी रहेको झण्डा फरफराईरहेको देख्दा लाग्यो अब हामी साँच्चिकै भगवान राम सीता र लक्ष्मणको साक्षात दर्शन पाउनेछौँ भन्ने अनुभूति भयो । हामी कार भित्रबाटै बिशाल पुल र पुलबाट देखिने सरयु नदीको केही दृश्यावलोकनपनि गर्यौँ । साँच्चिकै भगवान रामचन्द्रको जन्मभूमि पुगेको अनुभूति भैरहेको थियो । पुल माथीबाट अयोध्याभरी फरफराएका धार्मिक झण्डा देख्दा खुसीले मेरा भूईमा खुट्टै थिएनन् ।

हामीले बिस्तारै पुल पार गरेर एउटा होटेलमा गयौँ सवारी चालक बारबार अयोध्यामा पुगीसकेकाले आरामदायी एसी सुविधा सहितको होटेल खोज्न कुनै कठिन भएन ।हामीले झोला अनि पोकापोकी राखेर होटेलमै ६ बजेसम्म सुस्तायौँ । त्यो भन्दा अघि अयोध्यामा प्रचण्ड रापीलो गर्मी थियो दिउँसोमा चक्कर लाग्ने गर्मी थियो । हामीले साँझपख शरयु नदी मातारानीको दर्शन गर्ने, भोलीपल्ट विहान फेरि शरयु नदीमा नुहाएर मात्र भगवान रामको मन्दिरमा गएर दर्शन गर्ने योजना बनाएका थियौँ । साँझपख अयोध्याको मौसम शितल हुँदै गइरहेको थियो । अयोध्याका सडक किनारमा कसैले चिसो खाँदै थिए, कसैले पानी किन्दै पिउँदै थिए । कसैले फलफूल र तरभूजा कसैले चार्ट र पानीपुरी त कसैले नरिवल पानी । हामीले पनि चार्ट र पानी पुरी खायौँ । नयाँ ठाउँमा नयाँ परिवेशमा चाट र पानीपुरी खानुको मनज्जै अर्कै थियो । साँझ पर्दै थियो– सूर्यनारायण अस्ताउने सुरसारमा थिए । बैशाख पुर्णीमाको दिन थियो, यसैले अयोध्या स्थित सरयु नदी किनारमा गएर जलले सिञ्चन गरि आफुलाई शुद्व र पवित्र बनायौँ ।सरयू नदीबारे केही जानकारीः सरयु नदी (क्बचबथग चष्खभच), जो घाघरा नदी (न्जबनजबचब चष्खभच) मा जान्छ । सरयु नदी भारतको उत्तरीक्षेत्रमा बग्ने (बहने) एक नदी हो । यस नदीलाई भारतीय जनताले भारतको उत्तरा खण्डको बागेश्वर जÞिल्लामा उत्पन्न भएको मान्दछन् । यो नदी पछि गएर शारदा नदीमा विलय हुने गर्दछ । जसलाई काली नदी भनेर कहलिएको पाईन्छ । जुन उत्तर प्रदेश राज्यको गुजÞरतमा पर्दछ । शारदा नदी फिर घाघरा नदीमा विलय हुन्छ । जसको निचको भागलाई सरयू नदी भनेर बोलाईन्छ । सरयु नदीको यस भागको किनारमा अयोध्याको ऐतिहासिक तीर्थ नगर बसेको छ । सरयु नदी फेरि यहाँबाट बिहार राज्यमा प्रवेश गर्दछिन् जहाँ बलियोभागको बीचबाट बहदै सरयुको विलय गंगा नदीमा हुने गर्दछ ।

सरयू नदीको निच भागमा घाघरा नदी बहन्छ
जो बागेश्वर, कुमाऊँमा सरयू नदी भनिन्छ ।
जसलाई यसरी बुझ्न सकिन्छ । सरयू → शारदा → घाघरा (सरयू) → गंगा नदी ।

अयोध्या स्थित शरयु नदी माता रानीको आँगनमा ( किनारमा ) आरती हुने रहेछ । हामीले सो कुरा थाहा पाएर साँझको भवय आरतीमा सहभागी भयौँ ।मेरी धर्मपत्नी पुर्णलक्ष्मी छोरा रोशन, देव सर रउहाँकी परिवार देवी म्याम आरती कार्यक्रममा उपस्थित भएर सहभागता जनाउन पाउँदा अत्यन्तै हर्षित भयौँ । आरतीमा दिप जलन, ब्राहमणहरूद्वारा शान्ती स्वस्तीवाचन,भजनकृतन आरती मन्त्र स्तोत्र पाठ आदि गरिएका थिए । साँझको आरतीमा मानिसहरुको भगवान रामप्रतिको आश्था र श्रद्वाले होला विशाल उपस्थिति थियो । मलाई लाग्यो त्यो दिन र त्यो दिनमा पुगेर भोलिपल्ट भगवान रामको मन्दिरमा दर्शन गर्ने सबै यात्रुहरू भक्तहरू आरतीमा सहभागी भैरहेका थिए । भगवान श्री रामको अयोध्या स्थित जन्मस्थल भव्य मन्दिरको नयाँ मन्दिर बन्दै थियो दुई बर्ष अघि त्यो बेलामा म एक्लै गएको थिएँ, पहिलो पटक भगवान श्री रामको जन्म स्थलमा पुग्न पाउँदा मेरो खुसीले भूँइमा खुट्टा थिएन । यसपाली परिवार छोराको साथमा पुनः दर्शन मिल्ने खुसीले एकखालको सबै खुसी मिलेको थियो । आरती सकेर त्यो रात शरयु नदी किनारमै रहेको एक होटेलमै बास बस्यौँ । कतिखेर उज्यालो होला भन्ने भैरहेको थियो।उज्यालो हुने बित्तिकै नियमित झै शरयु नदिमा हामी सबैले डुवुल्की मारेरै नुहाएर चोखो पवित्र भएर राम मन्दिरसम्म अटोरिक्सामा गयौँँ । विकिपिडियाका अनुसार राम मन्दिर जानु अघि अयोध्याको बीचमा अवस्थित ७६ सीढÞि जति अग्लोमा हनुमानगढ़ी रहेको छ जुन मन्दिर उत्तर भारतमा भगवान हनुमानको लागि सबैभन्दा प्रिय ठाउँ मानिन्छ । अयोध्यामा रहेको प्रचलनलाई हेर्दा राम मन्दिर जानू अघि भगवान हनुमानको दर्शन गर्नुपर्दो रहेछ । अयोध्या स्थित रहेको हनुमान मन्दिरमा हनुमानकि माता अंजनीको मूर्ति रहेको छ जुन ठाउँमा युवा हनुमानजी उनको गोद( काखमा ) बसेको देख्न सकिने रहेछ । यस मन्दिरमा रामानंदी संप्रदायका एक बैरागी महन्तको अधिनमा रहेको भन्ने जानकारी रहेको पाईन्छ । राम मन्दिर गएर हनुमान मन्दिर नगई हनुमानको दर्शन नगरी फर्किनु पर्दा यस पंक्तिकारलाई पछुतो भइरहेकोछ । विकिपिडियाका अनुसार सन् १८५५ मा अवधका नवावले राम मन्दिरलाई आक्रमण गर्दा यीनै हनुमान मन्दिर र यश मन्दिरका महन्तले मुसलमानद्वारा विनाश हुनबाट बचाएका थिए भन्ने भनाइ छ। इतिहासकार सर्वपल्ली गोपालका अनुसार सन् १८५५ को विवाद बाबरी मस्जिद र राम मन्दिर बीच मात्र मात्र नभई हनुमान गढ़ी मन्दिरका महन्त रामानंदी बैरागी बीच भएको थियो । अव प्रशंग बदल्दैछु अयोध्या स्थित राम र रामन्दिर बारे । अयोध्यास्थित राम मन्दिरमा रामको दर्शन गर्न हजारौँ तिर्थालु थिए । लामबद्व भएर नवनिर्मित राम मन्दिरमा जुत्ता चप्पल पेटी व्याग मोवाईल पर्स सबै बाहिर लकरमा राखेर एकचित्तले रामको नाम लिँदै जय श्रीराम भन्दै मन्दिरभित्र प्रवेश गर्दै थियौँ । केही बेरपछी भगवान श्रीरामको वरबाटै हामी सबैले दर्शन गर्यौँ । नवनिर्मित श्रीराम मन्दिरको उद्घाटन २२ जनवरी २०२४ मा भएको थियो । नेपाली तिथि अनुसार २०८१ साल माघ ९÷१० गते भएको थियो । उक्त मन्दिरको बनोट भारतको आफ्नै परम्परागत रुपमा रहेको छ । मन्दिरको लम्वाई ३०० फिट, २५० फीट चौड़ाईँ रहेको छ । यहाँ मन्दिरमा भगवान रामलिलाको बाल अवस्थाको मूर्ति विराजमान गरिएको छ । यस मन्दिरको तथ्यांङ्कनुसार मन्दिरको निर्माण श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टद्वारा बनाईएको रहेछ ।

मन्दिरका मूख्य केही विशेषता

राम मन्दिरको स्थापत्य शैलीः सामाजिक सञ्जाल विकिपीडियामा बताए अनुसार मन्दिर नगर शैलीमा बनेको छ, जसमा ग्रेनाइट प्रयोगगरी बंसी पहाड़पुरको गुलाबी बालु र पत्थर (ढुङ्गा) को प्रयोग गरिएको छ । संरचनाः मन्दिरमा ३९२ स्तंभ, ४४ वटा दरवाजा रहेका छन् भने १२१ फीट उचाईँ रहेको छ । मन्दिरको कक्षको उचाईँ शिखर शैलीमा रहेको छ । मन्दिरमा फलामको कहीँकतै प्रयोग गरिएको छैन । स्थानः मन्दिरको मूख्य गर्भगृहमा रामलिलाको मूर्ति राखिएको छ । मन्दिर परिसरमा ५ हल रहेका छन् जून हलहरूमा नृत्य, रंग, सभा, प्रार्थना र भजनकिर्तन गर्ने स्थानहरू छन् । दर्शन समयः बिहानमा ६.३० बजे दिउँसो १२.०० बजे, दिउँसो २.०० देखि रातको १०.०० बजेसम्म मा भगवान रामको दर्शन गर्न मन्दिर खुल्ला रहने गर्दछ । मन्दिरभित्र मंगल आरती बिहानको ४.३० बजे हुने गर्दछ । भगवान रामको दर्शन गर्न जाँदा मन्दिरमा रहेको मुर्तिको फोटो खिचेर सहज रुपमा भित्तामा बृद्व बालबालिकाले पहिलेनै राखिनुले धार्मिक पर्यटकले पहिलेनै दर्शन गर्न सक्छ । यसैगरी पुरानो मन्दिरलाई पुनर्निर्माण गरि नयाँ मन्दिर बनाईएको छ ।मन्दिरको र्जीर्णोद्धार गरि नयाँ मन्दिर मात्र बनाईएको छैन आधुनिक समयको मन्दिरको रुपमा बनाईएको छ । यसैगरी दर्शन पश्चात् भक्तहरूलाई प्रसाद मिठाई बाँड्ने व्यवस्था गरिएको रहेछ । महत्वपूर्ण तथ्यः सामाजिक सञ्जाल विकिपीडियामा बताइए अनुसार– अयोध्या राम मन्दिर विवाद भारतको लागि पछिल्लो समयको विवाद नभई एक सदियौँ पुरानो ऐतिहासिक, धार्मिक एवं राजनीतिक विवाद हो । उत्तर प्रदेश स्थित अयोध्यामा राम मन्दिरको २.७७ एकड़ भूमिको स्वामित्व रहेको छ । जुन भूमि हिन्दु धर्म पक्षिय भगवान श्री रामको जन्मभूमि मानिन्छ । यस विवादको मूख्य कहानी अर्थात विवादको शुरुआत यस्तो रहेको थियो– जुन समय मुगल कालको रहेको थियो । हिन्दु मान्यता अनुसार, अयोध्यामा रहेको रामको जन्म भूमि जुन एक प्राचिन मन्दिर तोड़ेर सन् १५२८ मा मुगल सम्राट बाबर नामका सेनापति मीर बाकीले बाबरी मस्जिद बनाएका थिए । हिन्दु पक्षकाले भन्दै आएका थिएकि– यो स्थान भनेको भगवान रामचन्द्रको जन्म स्थान हो । यही ठाउँलाई मुस्लिम पक्षले भन्दै आएका थिएकि– यो भूमि वक्फ बोर्डको हो । यो मस्जिद लामो समय यहीँ रहेको थियो । डिसेम्वर १९४९ को एक रात विवादित जग्गाको केंन्द्रिय गुंबदको मुनि अचानक राम मूर्ति प्रकट भयो । यस्तो भएपछि यस स्थानमा मुस्लिमहरूले ताला लगाईदिएका थिए । यसले गर्दा हिन्दुहरूका लागि पूजा–अर्चना गर्ने कार्य बन्द हुनपुग्यो । सन् १९४९ मा घटेको यो विवाद अदालतसम्म पुग्यो ।सन् १९८६ मा फैजाबाद जिल्ला अदालत बाट हिन्दुहरूले पूजा गर्न पाउने अधिकार दियो यता बाबरी मस्जिदको मुख्य द्वार खोल्ने आदेश दियो ।६ डिसेम्बर १९९२ मा एक विशाल आन्दोलनको क्रममा बाबरी मस्जिदको ढाँचानै ढलाईदिए । जसका कारण देश भरमा सांप्रदायिक दंगा भड्किन गयो । यस बिषयमा दशकौँ बर्ष सम्म इलाहावाद स्थित हाईकोर्ट र भारतीय सर्वोच्च अदालत मा मुद्दा चलिरह्यो । ९ नोभेबर २०१९ मा भारतीय सुप्रीम कोर्ट ( सर्वोच्च अदालत) का पाँच सदस्यिय बेंच( ईजलास) ले एक सर्वसम्मत फैसला सुनायो ।

फैसलाका मुख्य बुँदा यस्ता रहेका थिए 

विवादित २.७७ एकड़ जमीन भगवान राम विराजमान भएको ठहर्न गएको ताकि यस फैसला अनुसार विवादित भनिएको यस ठाउँमा भव्य राम मन्दिरको निर्माण हुन सक्नेछ । सरकारले मस्जिद बनाउनको लागि अयोध्याको धन्नीपुर गाउँमा ५ एकड़ वैकल्पिक जमीन दिनुपर्नेछ । भारतीय सर्वोच्च अदालतको यस कानूनी फैसला पछि अयोध्यामा भव्य राम मन्दिरको निर्माण पुरा हुन गयो । जनवरी २०२४ मा राम मन्दिरमा भगवान रामललाको प्राण प्रतिष्ठा सम्पन्न भयो । विवादको विस्तृत विवरण जान्नका लागि अयोध्या विवाद – विकिपीडिया बाट थाहा पाउन सकिन्छ । सामाजिक सञ्जाल विकिपीडियामा बताइए अनुसार भारतको उत्तर प्रदेश राज्य अयोध्या स्थितमा एक पवित्र हिन्दु मन्दिर रहेको छ । उत्तर प्रदेशस्थित यस राम जन्म भूमि भनिने राम मन्दिर एक प्रशिद्व हिन्दु मन्दिर हो । जुन राम मन्दिरमा ३९२ स्तम्भ र ४४ वटा प्रवेश द्वार रहेका छन् । यसको ढोका, झ्याल र पर्खालहरूमा विभिन्न हिन्दु देवी देवताका मूर्तिहरू रहेका छन् । यस मन्दिर परिसर नजिक शिव मन्दिर पनि रहेको छ । यस मन्दिरको अगस्त २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा भूमि पूजन अर्थात शिलान्यास गरि मन्दिर निर्माणको शुरूवात गरिएको थियो भने औपचारिक रुपमा समापन २९ अप्रिल २०२६ मा भएको थियो । समग्रमा नेपाली जनता तथा भारतीय जनताको आश्थाको रुपमा रहेका भगवान रामको जन्मभूमि भनिएको अयोध्या र पवित्र सरयु नदी एकै ठाउँमा हुनु, सरयु नदीलाई माता रानीको नाममा आश्थासाथ हेरिनु, सरयु नदीको तटमा भगवान रामको जन्मभूमि हुनु, सरयु नदीको स्नान गरि पवित्र भई भगवान रामको अयोध्या नगरीमा रहेको भगवान रामको मन्दिरमा गई बैशाख पूर्णिमाका दिन रामको दर्शन गर्न पाउँदा साथै शुन्दर अयोध्या नगरी स्थित भगवान शिव हनुमान लगायत शान्त सौम्य प्राकृतिक सौन्दर्यताको आनन्द लिन पाउँदा अत्यन्तै खुसी भयौँ । फेरि पनि यस पवित्र धामको दर्शन गर्ने अवसर मिलोस् भन्दै पूर्णीमाकै दिनमा गुलरिया बर्दियामा अयोध्या र शरयुबाट छुट्टिने मन हुँदाहुँदै पनि हात हल्लाउदै ओझेल भयौँ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २ गते शनिबार