राहदानी खरिद प्रकरणमा आरजुलाई म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने



काठमाडौँ । 

राहदानी खरिद प्रकरणको अनुसन्धानमा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा पनि तानिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा राणा तानिएकी हुन् । विभागीय मन्त्रीको हैसियतमा उनी विवादमा परेकी हुन् ।

साथै, उनको परिवारका सदस्यको सक्रियतासमेत देखिएका कारण राहदानी खरिद प्रकरणमा राणा तानिएकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई २ दिनभित्र उपस्थित हुन भनेको छ । अनुसन्धानका लागि म्याद तामेल गर्दै आयोगले २ दिनको समय दिएको हो ।

बूढानीलकण्ठ नगरपालिका– २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले राणाको म्याद तामेली गराएका हुन् । देउवानिवास उनको वडामा पर्ने भएका कारणले तामेली गराएका हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार