गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न एमालेले दियो सरकारलाई चुनौती



काठमाडौं ।

नेकपा (एमाले)ले सरकारलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती दिएको छ । सोमबार (असार १) प्रतिनिधिसभा बैठकमा एमालेकी उपनेता पद्मा अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन् ।

उनले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलक्षित ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाइन् । झापाको टी–इस्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न उनले चुनौती दिइन् ।

उनले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायत सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गरिन् । विपक्षीमाथि लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा लगाउनेहरू त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्ने प्रश्न पनि उनले गरिन् ।सरकारमा रहेका व्यक्तिले संसद्‌मा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भनिन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार