राजनीतिलाई सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नुपर्छ : गगन थापा



काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।काठमाडौं महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए ।

उनले भने, ‘राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।’त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको  भएको धारणा राखे । ‘वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ’, झाले भने ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार