कोहलपुर,२३ पुस/ कोहलपुर नगरपालिका उपप्रमुख सुन्जु कुमारी चौधरीको संयोजकत्वमा उपभोक्त हित संरक्षण समिति गठन भएको छ ।
उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै शनिबार बसेको सो समितिले उपभोक्ताहरुको बारेमा आगामी ५ गते बृहत अन्तरक्रिया गर्ने तथा उपभोक्ता हित संरक्षणको निदेर्शिका र कार्य विधि तयार पार्ने निणर्य समेत गरेको छ ।
संरक्षक समितिका सदस्यहरुमा दिल बहादुर परियार, दत्त राज हमाल, प्रेम राज सुवेदी, बसन्त गौतम, भीम बहादुर शाही रहेका छन् भने हरि बहादुर वलीलाई सदस्य सचिवमा चयन गरिएको छ ।
त्यस्तै निर्देशिका तथा कार्याविधि तयार गर्ने अधिव्क्ता बसन्त गौतमको संयोजकत्वमा प्रेम राज सुवेदी, दिल बहादुर परियार, भीम बहादुर शाही सदस्य तथा हरी बहादुर वली सदस्य सचिव रहेको कार्यदल समेत गठन गरिएको अधिवक्ता बसन्त गौतमले जानकारी गराउएका छन् ।
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्