बर्दियाको खातामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु



बाँके ।

बर्दियामा शनिबार माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको हो ।

मधुवन–३ भगतपुरमा रहेको जनक एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि प्रहरीले जिल्ला अस्पताल गुलरियामा ल्याएको छ । घटनास्थल सदरमुकाम गुलरियादेखि करिब २५ किमी पश्चिममा रहेको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार