नेपालगन्जमा पनि ‘ओमोडा इ५ प्रो’को बिक्री सुरु



नेपालगन्ज ।

विद्युतीय एसयुभी कार ‘ओमोडा इ५ प्रो’को नेपालगन्जमा पनि बिक्री सुरु भएको छ । नेपालगन्जस्थित ओमोडा र जेकुको आधिकारिक बिक्रेता सिद्धार्थ लिंक प्रालिले एक औपचारिक कार्यक्रम गर्दै ओमोडा इ५ प्रोको बिक्री सुरु गरिएको जानकारी दिएको हो । नेपालगन्जमा ओमोडा इ५ आधिकारिक रूपमा बिक्री सुरु गरिएको जानकारी दिन आयोजित कार्यक्रममा एक ग्राहकलाई कारको साँचो पनि हस्तान्तरण गरिएको थियो ।

सिद्धार्थ लिंक प्रालिका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठको अध्यक्षता तथा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओलीको मुख्य आतिथ्यतामा भएको कार्यक्रममा उक्त नयाँ मोडेलको कारका विशेषताबारे जानकारी दिइएको थियो । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, सिद्धार्थ लिंक प्रालिका निर्देशक ऋषिराम कँडेल तथा ओमोडा एण्ड जेकु नेपालका सहायक प्रबन्धक तपन्द्र भट्ट समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ओलीले अब यातायात क्षेत्रको भविष्य विद्युतीय गाडीमै रहेकोले नयाँ ब्राण्डका गाडीहरू ब्जारमा आउनु सुखद रहेको बताए । साथै उनले अटोमोबाइल्स बिक्रेताहरूलाई राज्य, उत्पादक तथा वितरकले आवश्यक सहयोग गर्नुपर्ने बताए । सिद्धार्थ लिंकका अध्यक्ष श्रेष्ठले दुई दशकदेखि अटोमोबाइल्स क्षेत्रमा रहेको आफूहरूको अनुभवले बिक्रेताहरूको चासोलाई सम्बोधन गर्न आफूहरू हरदम तयार रहेको बताए ।

नेपालभर यसअघि नै १,५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा इ५ को अभूतपूर्व सफलतालाई निरन्तरता दिँदै, नयाँ ओमोडा इ५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र शक्तिशाली ड्राइभिङ अनुभवका साथ आएको भट्टले जानकारी दिए । उक्त गाडीमा ५०.७ किलोवाट प्रतिघण्टाको शक्तिशाली ब्याट्री प्याक, ९९ किलोवाटको इलेक्ट्रिक मोटर र २८८ न्युटन मिटरको टर्क रहेको छ ।

ओमोडा ई–५ प्रोले प्रतिसिंगल चार्जमा ३५० किलोमिटरको उत्कृष्ट रेन्ज प्रदान गर्ने, १९१ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र १८ इन्चको आकर्षक अलोय ह्विलका कारण उक्त गाडी नेपालका विभिन्न सडक अवस्थाहरूका लागि अत्यन्तै उपयुक्त रहेको पनि भट्टले जानकारी दिए ।
नयाँ ओमाडा इ५ प्रोको बाहिरी डिजाइन ओमोडाको सिग्नेचर फ्युचरिस्टिक डिजाइन फिलोसोफीमा आधारित रहेको छ ।

जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष ‘फन्टोम वीङ्ग’ टेललाइटहरू समावेश छन् । गाडीको भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ र उच्च गुणस्तरका इन्टेरियर सामग्रीहरूको प्रयोग गरिएको छ । यसका साथै, चालकको आरामका लागि ड्राइभर मसाज सिट, संगीतको उत्कृष्ट अनुभवका लागि ८ वटा सोनी स्पिकरहरूसहितको इमर्सिभ अडिओ सिस्टम र ड्यासबोर्डमा १५.६ इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले जस्ता विलासी सुविधाहरू समावेश गरिएका छन् ।

सुरक्षालाई उच्च प्राथमिकता दिँदै नयाँ गाडीमा १९ भन्दा बढी एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टमहरू राखिएका छन् । साथै चालकलाई पूर्ण नियन्त्रण तथा आत्मविश्वास प्रदान गर्न ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली जडान गरिएको छ । कम्पनीले नयाँ ओमोडा इ५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टमा ५१ लाख ५९ हजार र ड्युअल टोन भेरियन्टमा ५१ लाख ९९ हजार राखेको छ ।

गाडी सार्वजनिक भएको यस विशेष अवसरलाई उत्सवको रूपमा मनाउन कम्पनीले पहिलो २४ घण्टाभित्र गाडी खरिद गर्ने ग्राहकलाई ४९ लाख ९९ हजार मूल्यमै प्रदान गर्ने अफर पनि घोषणा गरेको छ । उक्त विशेष अफरअन्तर्गत गाडी खरिद वा बुकिङ गर्ने ग्राहकले मूल्य छुटका साथै एक वर्षको अटो प्लस इन्स्योरेन्स समेत प्राप्त गर्ने सिद्धार्थ लिंकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार