सशस्त्रको एआईजीमा अञ्जनीकुमार पोखरेल बढुवा



काठमाडौँ ।

सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भएका छन्।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा समितिको बैठकले जेठ ६ गते एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। उनी अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार