काठमाडौँ ।
गर्मी मौसमलाई मध्यनजर गर्दै सीजी इलेक्ट्रोनिक्सअन्र्तगत अन्तर्राष्ट्रिय ब्रान्ड केन्टले नेपाली बजारमा अत्याधुनिक एयर कुलर तथा फ्यान सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उच्च कार्यक्षमतासहितका यी उत्पादनले उपभोक्तालाई गर्मी मौसममा सहज, सुरक्षित र ऊर्जा–कुशल समाधान प्रदान गर्ने लक्ष्य राखेका छन् ।
कम्पनीका अनुसार नयाँ केन्ट एयर कुलरहरू विभिन्न श्रेणीमा उपलब्ध छन् जसमा पर्सनल कुलर, डेजर्ट कुलर, टावर कुलर तथा कमर्सियल कुलर समावेश छन् । यी कुलरमा उच्च एयर डेलिभरी, ठूलो पानी ट्यांकी क्षमता, इन्भर्टर–कम्प्याटिबिलिटी तथा कम बिजुली खपत जस्ता विशेषता छन् ।
प्रभावकारी कुलिङका लागि उन्नत एयर फ्लो टेक्नोलोजी तथा प्रयोगमैत्री डिजाइनले घर तथा कार्यालय दुवैका लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ । त्यसैगरी केन्टका फ्यान पनि आधुनिक जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएका छन् । सिलिङ फ्यान, वाल फ्यान, टेबल फ्यान तथा स्ट्यान्ड फ्यानका विभिन्न मोडल उपलब्ध छन् ।
यी फ्यानमा उच्च स्पिड, कम आवाज, ऊर्जा बचत गर्ने बीएलडीसी प्रविधि तथा आकर्षक र टिकाउ डिजाइन समावेश गरिएको छ । यी उत्पादन देशभरका आधिकारिक वितरक तथा विक्रेतामार्फत उपलब्ध छन् । कम्पनीले बिक्रीपछिको सेवामा विशेष ध्यान दिँदै टोल फ्री सेवा, प्राविधिक सहयोग तथा वारेन्टी सुविधा प्रदान गर्ने जनाएको छ । थप जानकारीका लागि ग्राहकले सीजी इलेक्ट्रोनिक्स्को आधिकारिक सेवा केन्द्र वा नजिकको विक्रेतासँग सम्पर्क गर्न सक्ने छन् ।









प्रतिक्रिया दिनुहोस्