सम्पादकीयः वातावरणमैत्री जीवनशैली आवश्यक



पछिल्ला वर्षहरूमा वातावरणीय समस्याहरू विश्वभरि ठूलो चर्चामा आउने गरेका छन् । जलवायु परिवर्तन, वायु प्रदूषण, जल प्रदूषण र वनस्पति विनाश जस्ता समस्याहरूले मानव जीवनलाई गम्भीर खतरामा पारिरहेका छन् । यस्तो परिस्थितमा वातावरणमैत्री जीवनशैली अपनाउनु अत्यन्त आवश्यक छ । मानवको दैनिक जीवनमा वातावरणलाई हानी नपु¥याउने गरि जीवनयापन गर्ने तरिका अपनाउनु पर्दछ । ऊर्जा बचत, जल संरक्षण, कचरा व्यवस्थापन र प्राकृतिक संशाधनको संरक्षण जस्ता कार्यहरू गर्न जरुरी छ । ऊर्जा बचत गर्नाले वायु प्रदूषण कम हुन्छ र आर्थिक लाभ पनि हुन्छ । जल संरक्षण गर्नाले पानीको अभाव कम हुनुका साथै जलजीवनहरूको संरक्षण हुन्छ । कचरा व्यवस्थापन गर्नाले वातावरण स्वच्छ रहनुका साथै रोगहरूको रोकथाम हुन सक्छ । प्राकृतिक संशाधनको संरक्षण गर्नाले वनस्पति र वन्यजन्तुहरूको संरक्षण हुन्छ । यसरी वातावरणमैत्री जीवनशैलीबाट लाभ लिन सकिन्छ । वातावरण जीवनशैली अपनाउनु हाम्रो भविष्यको लागि अत्यन्त आवश्यक छ । हामीले ऊर्जा बचत, जल संरक्षण, कचरा व्यवस्थापन, प्राकृतिक संशाधनको संरक्षण गर्दै यसप्रकारको जीवनशैली अपनाउनाले स्वच्छ वातावरणमा जीवन जीउन सकिन्छ । मानव स्वास्थ्यको महत्वपूर्ण सम्बन्ध वातावरण, पशुपन्छी र वनस्पतिसँग जोडिएको छ । वातावरणमैत्री जीवनशैली अपनाउन आवश्यक छ ।

मानव स्वास्थ्यको महत्वपूर्ण सम्बन्ध वातावरण, पशुपन्छी र वनस्पतिसँग जोडिएको हुन्छ । दैनिक जीवनमा विभिन्न सावधानीहरू अपनाउनु आवश्यक छ । सकेसम्म हिँड्ने, साइकल चलाउने तथा सार्वजनिक यातायातको प्रयोग गरी ऊर्जा बचत गर्न सकिन्छ । यसले प्रदूषण घटाउने मात्र नभई मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । बढ्दो बसाइँसराइको दबाब तथा मानवशैलीलाई हरेक उत्पादनसँग जोड्न आवश्यक छ । यसो हुन नसके भविष्यमा गम्भीर संकट आउन सक्छ । वातावरणमैत्री जीवनशैली अपनाउनका लािग स्थानीय, प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक स्वास्थ्य नीति बनाउने र नीतिको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिन आवश्यक छ । स्वास्थ्य रणनीति बनाउन आवश्यक छ । रणनीतिमार्फत मानव, पशु र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा अगाडि बढाउन आवश्यक रहेको छ । उत्थानशील स्वास्थ्य प्रणाली विकासका लागि विभिन्न क्षेत्रबीच सहकार्य अपरिहार्य पनि रहन्छ । मानव, पशु र वातावरणीय निकायबीच प्रभावकारी समन्वयको अभाव, विकासशील देशमा सीमित बजेट र प्राविधिक जनशक्ति, तथा प्रयोगशाला पूर्वाधारको कमीका कारण आवश्यक स्वास्थ्य रणनीति कार्यान्वयनमा कठिनाइ देखिन्छ । पशुपालन, कृषि र मानव स्वास्थ्य क्षेत्रमा अत्यधिक औषधि प्रयोगका कारण एण्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) बढ्दो चुनौतीका रूपमा देखिएको छ ।

तथ्यांक एकीकरणमा समस्या, कमजोर प्रयोगशाला सेवा, ग्रामीण क्षेत्रमा स्वास्थ्यप्रतिको समग्र बुझाइ अभाव जस्ता समस्या देखिन्छन् साथै कृषि र औषधि प्रयोगमा दीर्घकालीन परिवर्तन ल्याउन कठिनाइ देखिन्छ । त्यस्तै, घरपालुवा जनावरहरूको नियमित रूपमा खोप लगाउनुपर्ने तथा तिनको स्वास्थ्यप्रति सचेत रहनुपर्ने सन्देश दिइएको छ । जनावरबाट सर्ने रोगहरूको जोखिम न्यूनीकरणका लागि यो आवश्यक कदम चाल्न आवश्यक छ । खाद्य सुरक्षालाई ध्यानमा राख्दै विश्वसनीय विक्रेताबाट मात्र खाद्य वस्तु खरिद गर्न पनि सचेत हुनु आवश्यक छ । साथै, चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्ने हुन्छ, यसले गलत उपचारबाट हुन सक्ने जोखिमलाई कम गर्ने गर्दछ भने वन्यजन्तुहरूको अवैध व्यापारबाट टाढा रहन र प्राकृतिक सम्पदाको संरक्षण गर्न पनि आवश्यक छ । स्वास्थ्य, वातावरण र जैविक विविधताको संरक्षण एकअर्कासँग अन्तरसम्बन्धित रहेकोले यी सबै पक्षमा सामूहिक प्रयास आवश्यक रहेको छ । मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक छ । स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणीजगतको स्वस्थ जीवनसँग जोडिएको हुन्छ । प्राणीजगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन आवश्यक छ । प्राकृतिक स्रोत साधन र यसको संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्दै सबैले जिम्मेवारी र दायित्वबोध गरेर अगाडि बढ्नु अहिलको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार