
नेपालगन्ज ।
स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य शैलीलाई आधार बनाएर सञ्चालन भइरहेको होटल पौवाले १० वर्षको यात्रा पूरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । २०७२ साल चैत २५ गतेबाट सेवा आरम्भ गरेको होटल पौवाले स्थापनाको १०औँ वर्षगाँठको अवसरमा देशभरका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ तथा भैरहवा शाखामा लगानी सम्मेलन गरिने नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
होटल पौवाका ब्रान्ड विभाग प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार चैत्र २६, २७ र २८ गते होटलका सबै २० वटै शाखामा ‘बितायौँ बालापन’ थिम दिएर विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद चखाउने उद्देश्यले ‘स्वाद उत्सव’ मनाउन लागिएको हो । ‘स्वाद उत्सव’ यसका लागि देशभरका शाखाबाट ४० हजारभन्दा बढी निमन्त्रणा गरिएको पनि उनले जानकारी दिएका छन् ।
होटलले अबको १० वर्षभित्र १०० वटा शाखामा सेवा विस्तार गर्ने लक्ष्यसहितको ‘मिसन १००’ योजनामा रहेको होटलले चैत २८ गते भैरहवा शाखामा लगानी सम्मेलन आयोजना गरिने जानकारी पनि दिएको छ । हाल होटल पौवा सञ्जालमा २० वटा शाखा, एक हजारभन्दा बढी कर्मचारी र दुई सय ५० भन्दा बढी लगानीकर्ता आबद्ध छन् । लगानीकर्तामध्ये ७० जना कर्मचारीहरू नै रहेका होटलका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए ।
उनले गुणस्तर, प्रविधि, मानव संशाधन विकास र नेपाली आतिथ्यलाई अन्तर्राष्ट्रिय मापदण्डमा उकास्ने योजना बनाएको पनि बताए । पौवाले नेपाली मौलिक परम्परा, तिज, दसैँ, तिहार, महाशिवरात्रि, होली आदि चाडपर्वहरूमा विशेष कार्यक्रम गर्दै रैथाने खाना तथा कलासंस्कृतिको प्रवद्र्धन गरिरहेको उनले बताए ।
यसैगरी स्थापना दिवसका अवसरमा होटलले नेपालगन्जस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूलाई खना खुवाउने कार्यक्रम पनि राखेको होटलले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्