
नेपाल आयल निगमले मतदानको दिन पनि डिपो खुला राख्ने भएको छ । सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न निगमले यस्तो विशेष व्यवस्था गरेको जनाएको छ ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते खुला रहने छ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज फागुन १९, २० र २३ गते खुला हुनेछ । त्यसैगरी बागमति प्रादेशिक कार्यालय थानकोटले बिदाको दिन १८ फागुनमा पेट्रोलियम पदार्थ बिक्री गर्ने छ भने २० र २३ गते खुला रहने छ ।
गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ मा खुला रहनेछन् । लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा फागुन १७, १८, २० र २३ गते, कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन १८ र २० गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी फागुन १९, २० र २२ गते खुला रहने व्यवस्था मिलाइएको जनाइएको छ ।
यसैगरी धनुषा महेन्द्रनगर इन्धन डिपो फागुन २२ र २४ गते, नेपालगञ्ज डिपो २० र २२ गते, झापा चारआली शाखा २२ र २४ गते तथा वीरगञ्ज शाखा कार्यालय फागुन २०, २२, २३ र २४ गते खुला रहने जानकारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्