नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि ती महिला को हुन्? उनलाई कसले र किन जलायो? भन्ने विषय अझै खुल्न नसकेको बताए । स्थानीयवासीले ती महिलाको नाम सृजना बुढामगर रहेको र उनको प्रमिसँगको सम्बन्धले खटपटपूर्ण रहेको बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको र मृतकको पहिचान पुनपुष्टिको काम भइरहेको डिएसपी पतालीले बताएका छन् ।
ती महिला नेपालगन्ज १२ मा भाडामा बस्दै आएको स्थानीयहरुले बताएका छन् । ती महिलाको तीन वर्षको बच्चा पनि रहेको स्थानीयहरुको भनाइ छ ।
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्