होटल म्याक्स नजिकै सवारी दुर्घटना, एक घाइते



फोटो साभारः न्यूजनमस्ते डटकम

फोटो साभारः न्यूजनमस्ते डटकम

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको रेडक्रस मार्गमा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार रेडक्रस मार्गमा रहेको होटल म्याक्स नजिकै केहीवेर अघि जीपले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक कोहलपुर, १५ का अनिल चौधरी गम्भीर घाइते भएका छन् ।

चौधरीको मेडिकल कलेजमा कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने जीपका चालक दाङ तुल्सीपुरका निम राजकोटी प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार