साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरू



काठमाडौँ ।

साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरू भएको घोषणा गरेको छ । अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइने मध्ये एक हो । यस प्रि–अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जिबी+५१२ जिबी भेरिएन्टका लागि उपलब्ध तीन विशेष अफरहरूमध्ये कुनै एक रोज्न सक्नेछन् ।

१० हजार रूपैयाँ तत्कालै क्यासब्याक वा साओमी वाच एस ४ (४१ एमएम) मात्र २४ हजार ९९९ रूपैयाँ (वास्तविक मूल्य ३९ हजार ९९९ रूपैयाँ) वा साओमी बड्स ५ फ्रि (वास्तविक मूल्य १५ हजार ९९९ रूपैयाँ) अफरहरूमध्ये कुनै एक रोज्न सकिने कम्पनीले जनाएको छ ।
साओमी १७ अल्ट्रा किन्ने ग्राहकहरूले बिक्री पछि विशेष सुविधाहरू प्राप्त गर्नेछन् ।

यस योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्नेछन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कूल १८ महिनाको वारेन्टी सुविधा पनि पाउनेछन् । यसका साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क नलाग्ने कम्पनीको भनाइ छ । साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीन वटा आकर्षक रंगमा उपलब्ध छ ।

यो आफ्नो श्रेणाीमा सबैभन्दा पातलो र हल्का डिभाइसमध्ये एक हो, जसले लामो समयसम्म आरामदायी र उत्कृष्ट अनुभव प्रदान गर्छ । लाइकासँगको सहकार्यमा विकसित यो डिभाइसले उत्कृष्ट फोटो र भिडिओ खिच्ने क्षमता राख्छ । साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागशिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५० इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ ।

यसमा लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसमा अत्याधुनिक ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्दछ । यस डिभाइसमा ६००० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री छ । जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ।यसले लामो समयसम्म टिक्ने क्षमता राख्छ ।

आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबै तिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गर्छ । यससँगै साओमी १७ अल्ट्राले धेरैजसो अवस्थामा ३५०० निट पिक ब्राइटनेस दिन्छ र डिसी डिमिङ फिचरले आँखालाई थाक्न दिँदैन ।

कम्पनीका अनुसार साओमी प्याड ८ मा पनि क्यासब्याक र बन्डलिङ अफरहरू उपलब्ध गराइएको थियो । तर सोचेभन्दा अत्यधिक प्रि–बुकिङ भएपछि खुला गरिरएको केही घण्टामै प्रि–अर्डर अफर बन्द गरिएको हो । साओमी १७ अल्ट्रा १६ जिबी+५१२ जिबीको मूल्य १ लाख ९९ हजार ९९९ रूपैयाँ तोकिएको छ भने यसको प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार