गुणस्तरीय स्वास्थ सेवा दिँदै रोल्वालिङ सामुदायिक अस्पताल



दोलखा ।

दोलखाको सिङ्गटीमा संचालित रोल्वालिङ सामुदायिक अस्पतालले सदरमुकाम चरिकोट र राजधानी काठमाडौं दिइने सेवा सुबिधा स्थानीय स्तरमा नै दिन थालेको छ । अस्पतालले सदरमुकाम चरिकोट र राजधानी काठमाडौं दिइने सेवा सुबिधा स्थानीय स्तरमा नै थालेपछि स्थानीयहरु खुसी भएका हुन् ।

जिल्लाको तीन वटा गाउँपालिकाको केन्द्र सिङ्गटी बजारमा अवस्थित अस्पतालले स्थापनाकालदेखि हालसम्म आइपुग्दा स्वास्थ क्षेत्रमा धेरै फड्को मारेको छ । सामान्य सैंय्याबाट संचालनमा आएको अस्पताल अहिले विशेषज्ञ डाक्टर सहित १५ सैय्यामा संचालित रहेको छ । अबको दिनमा अस्पताललाई थप वृद्धि गर्दै लैजाने अस्पताल सन्चालक समितिको अध्यक्ष सुब्बा खड्काले बताए ।

उनका अनुसार हाडजोर्नी नसा काटिएको र हड्डिको क्यान्सर लगायतको उपचार दोलखा जस्तो दुर्गम ठाउमा संचालन हुनुले आम जनताको स्वास्थमा सहज पहुँच पुगेको विश्वास छ । स्वास्थ विशेषज्ञ थप गरि मेडिकल कलेजसम्म बवस्तार गरेर जनतालाई स्वास्थमा मात्र नभइ मेडिकल शिक्षामा पनि सहज पहुँच पुर्‍याउने उदेश्य रहेको उनले बताए ।

निशुल्क देखि सहशुल्क र समय समयमा ग्रामीण क्षेत्रको विभिन्न ठाउहरुमा स्वास्थ्य शिबवर संचालन गर्दै स्थापनाको छोटो समयमा जनताको मन सहज ढङ्गले जित्न सकेको समेत अध्यक्ष खड्काको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार