काठमाडौँ ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको बागमती प्रदेश छनोटमा काठमाडौँलाई हराउँदै ललितपुर च्याम्पियन बनेको छ । मंगलबार भएको फाइनल खेलमा काठमाडौँलाई ६ विकेटले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो । काठमाडौँले दिएको २११ रनको लक्ष्य ललितपुरले ३८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
ललितपुरको जितमा विवेक रानामगरले अविजित ७३ रन बनाए । उनले ८० बलमा ५ चौका र २ छक्का प्रहार गरे । सचिन लेखक ६३ रनमा आउट हुँदा रोनिम तिवारी ३२ रनमा रोकिए । बलिङतर्फ सन्दीप पराजुलीले २, इशान पाण्डे र धिरज देउवाले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँ ४८ ओभर ४ बलमा २१० रनमा समेटिएको थियो ।
काठमाडौँका लागि कप्तान इशान पाण्डेले सर्वाधिक ४४ रन बनाए । रित गौतम ४२, सम्राट शाह २९, सोनु देवकोटा २३ र प्रतिश जिसीले २२ रनको योगदान दिए । बलिङमा ललितपुरका सूर्य तामाङ, विवेक यादव र सचिन लेखकले दुई÷दुई तथा पंकज पाण्डे र तिलकराज भण्डारीले एक÷एक विकेट लिए ।









प्रतिक्रिया दिनुहोस्