काठमाडौँ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।
यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुनेहरूमा प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा, ज्ञानु पौडेल, प्रभाव ढकाल, रमेश प्रसाईं, गीता चौधरी, करिश्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी, पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण, समिना मियाँ, अफ्सना बानु, गजाला शमीम मिकरानी, रिमा विश्वकर्मा, अमृता विक र सीता बादी रहेका छन् ।
यस्तैगरी स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक, प्रकाशचन्द्र दर्जी, बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा समानुपातिक सूचीबाट सांसद बनेका हुन् ।
नेपाली कांग्रेसबाट सांसद बन्नेहरूमा भीष्मराज आङ्देम्बे, मदनकृष्ण श्रेष्ठ, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरूङ, रेनुका काउचा, अर्जुननरसिंह केसी, कालिबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रूक्मिणीदेवी कोइराला, रिना उप्रेती, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, हरिनादेवी कामी, पवित्रा विक, मनमाया विक, चन्द्रमोहन यादव, निनुकुमारी कर्ण, रेखाकुमारी यादव र शाहजान खातुन रहेका छन् ।
नेकपा एमालेबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल, पुष्पराज कंडेल, कृपाराम राना, विष्णुमाया बिके ,नीता घतानी, रिंगला यादव, यशोधाकुमारी यादव, चन्द्रेश्वर मण्डल र साजिदा सिद्दीकी रहेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रमेश हमाल, बलावती शर्मा, परशुराम तामाङ, भीमकुमारी बुढा, प्रेमबहादुर बयक, जोगकुमार बर्बरिया यादव, पार्वती विक र गणेश विश्वकर्मा र निराशा चौधरी डगौरा सांसद बनेका छन् ।
श्रम संस्कृति पार्टीबाट पूर्ण लिम्बू, रुवीकुमारी ठाकुर, अम्बिकादेवी संग्रौला र राधिका रम्तेल (सार्की) सांसद बनेका छन् । राप्रपाबाट खुश्बु ओली, ताहिर अली, भरत गिरी र सरस्वती लामा समानुपातिकबाट सांसद बन्ने सूचीमा अटाएका छन् । निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।
राजनीतिक दलहरूबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरूले सक्कल नागरिकताको प्रमाणपत्र÷राष्ट्रिय परिचय पत्र र २ प्रति पासपोर्ट साइजको फोटो लिएर कार्यालय समयभित्र आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुनुपर्नेछ। गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका थिए ।









प्रतिक्रिया दिनुहोस्