नेपालगन्ज ।
नेपाली काँग्रेसका सभापति गगन थापाले बिहीबार नेपालगन्ज र सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आज बिहीबार सुर्खेतमा र नेपालगन्जमा हुने चुनावी सभालाई थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार–प्रसार समितिको आयोजनामा जिल्लास्तरीय भेला आयोजना गर्न लागिएको जानकारी दिइएको छ । जानकी गाउँपलिका–३ स्थित पौवा होटेलपूर्व रहेको खाली जमिनमा हुने भेलाअघि थापाले सुर्खेतको घण्टाघरमा आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन् ।
काँग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका थापाले समसामयिक राजनीतिक परिवेश र काँग्रेसका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । पार्टीको सभापति चुनिएपश्चात् थापा पहिलोपटक यस क्षेत्रमा आउन लागेका हुन् । काँग्रेसले सभामा धेरैभन्दा धेरै सहभागिहरू जम्मा गर्ने बताइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्