प्रथम कोहलपुर भलिबल प्रतियोगिताः फाइनलका लागि चारवटा टिम भिड्दै



कोहलपुर ।

‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’को सेमिफाइनलमा ४ वटा टिम प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत चौथो दिन आइतबार ग्रिन पिस सेकेन्डरी स्कुल, बैजनाथ गाउँपालिका, रोयल ढकेरी र ब्राइटलाइट एकेडेमी सेमिफाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगितामा सहभागी अन्य टिमहरु भने नकआउट भएका छन् । आज सेमिफाइनलमा प्रवेश गरेका ४ वटा टिमले फाइनलको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनलको लागि पहिलो खेल बिहान ९ बजे ग्रिन पिस सेकेन्डरी स्कुल र बैजनाथ गाउँपालिकाबीच प्रतिस्पर्धा हुने खेल प्रतियोगिता संयोजक निर्मल विष्टले जानकारी दिए ।

प्रतियोगिताको अन्तिम दिनको दोस्रो खेल भने रोयल ढकेरी र ब्राइटलाइट एकेडेमीबीच प्रतिस्पर्धा हुने उनले बताए । पहिलो र दोस्रो खेल विजयी हुने टिम उपाधिका लागि र हार्ने टिमहरुले तृतियका लागी प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यसैगरी द्वितीय टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको हो । यसैगरी व्यक्तिगत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिभर भलिबलप्रेमी र दर्शकहरुको राम्रो उपस्थित रहँदै आएको छ । आज हुने फाइनल हेर्नका लागि दर्शकहरुको बाक्लो उपस्थित हुने आयोजकले अपेक्षा गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार