मिसन सामाचारदाता/मंसिर २९, कोहलपुरमा जारी बुम अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता अन्तर्गत वागेश्वरी एकेडेमी कोहलपुर र ए.वि.सी कलेज नेपालगञ्ज सेमिफाईनल प्रवेश गरेका छन ।
प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा ब्राईटल्याण्ड स्कुल नेपालगञ्जलाई ८ विकेटले पराजित गर्दै वागेश्वरी एकेडेमीले सेमिफाईनमा प्रवेश गरेको छ । त्यसैगरी दोस्रो खेलमा होप कलेज नेपालगञ्जलाई २७ रनले पराजित गरेको ए.वि.सी. कलेजले पनि सेमिफाईनलको यात्रा तय गरेको छ ।
पहिलो खेलमा टस जितेर मैदानमा उत्रिएको ब्राईटलाईट एकेडेमीले १३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन जोडेको थियो । यस्तै ५४ रनको लक्ष्य पछ्याएको वागेश्वरीले २ विकेट गुमाउँदै लक्ष्य हालिस गर्न सफल भएको थियो
बिहिबार नै सम्पन्न दोस्रो खेलमा होप कलेजलाई २७ रन अन्तरले पराजित गर्दै ए.वि.सी. कलेज सेमिफाईनल प्रवेश गरेको हो ।
प्रकाशित मिति : २०७४ मंसिर २९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्