इटालीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार