प्रचण्डको जिकिर– नेकपा पहिलो पार्टी बन्छ



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारको हिसाबले सबैभन्दा नयाँ पार्टी नेकपा नै भएको जिकिर गरेका छन् ।पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय, सबैको अधिकार र पहिचान स्थापित गर्ने पार्टी नेकपा नै भएको उनले बताए ।

दाहालले भने, ‘यो विचारभन्दा अर्को र नयाँ विचार कसैको पनि छैन । तर, सामाजिक सञ्जालबाट नयाँ भनेको विचार होइन, नयाँ भनेको मान्यता होइन, सिद्धान्त होइन, राजनीतिक मुद्दा होइन, नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ ।’ निर्वाचनको बेलामा मतदातालाई लिएर जाने, सुरक्षित ढंगले मतदान केन्द्रसम्म पु¥याउने, मतलाई मतपेटिकामा हाल्ने र मतपेटिकाबाट निर्वाचन परिणाम नहुँदासम्म सतर्कता अपनाउन पार्टी पंक्तिलाई उनले निर्देशन दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार