एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन



झापा ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गरेका छन् । चुनावी अभियानका क्रममा गृह जिल्ला आउनुभएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गरेका हुन्।

उनले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्ययोजनाका बारेमा जानकारी दिए । शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित रहेका छन् ।

स्थानीयले यस क्षेत्रको विकासका लागि उनले पु¥याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताए । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार