आइकार भी–२३ ले रगेड एस्थेटिक्स, स्मार्ट प्रविधि र सुरक्षित इन्जिनियरिङलाई एउटै प्लेटफर्ममा ल्याएको कम्पनीको दाबी छ । यसमा १०० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ, जसले १८० न्युटनमिटर टर्क दिन्छ । ५९.९३ किलोवाटआवर क्षमताको ब्याट्री प्याकसहित लामो दूरी सहज बनाउन सकिने अनुमान गरिएको छ । गाडीको लम्बाइ चार हजार २२० मिलिमिटर, चौडाइ एक हजार ९१५ मिलिमिटर, उचाइ एक हजार ८४५ मिलिमिटर र ह्विलबेस दुई हजार ७३५ मिलिमिटर छ ।
कोहलपुर ।
बाँकेको नेपालगन्जमा बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी–२३’ सार्वजनिक गरिएको छ । नेपालगन्ज कोहलपुरको सडक खण्डको गनापुरमा रहेको ओमोडा र जेइको गाडीको आधिकारिक वितरक सिद्धार्थ लिंक प्रालिमा बिहीबार विद्युतीय एसयूभी ‘आइकार भी–२३’ सार्वजनिक गरिएको हो ।
आकर्षण रेट्रोलुक्स र अत्याधुनिक साइबरटेक इन्जिनियरिङको समिश्रण रहेको ‘आइकार भी–२३’ नेपालगन्ज क्षेत्रमा समेत अब उपलब्ध रहेको सिद्धार्थ लिंक प्रालिका सेल्स म्यानेजर राम थापामगरले जानकारी दिए । एसयूभी ४९ लाख ९९ हजार रूपैयाँमा उपलब्ध रहेको बताउँदै उनले परम्परागत पेट्रोल गाडीहरूको दिगो र स्टाइलिस विकल्पको रूपमा प्रस्तुत गरिएको दाबी गरे ।
आकर्षक रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको ‘आइकार भी–२३’ साइबर–टेक डिजाइनमा आधारित रेट्रो–क्लासिक एसयूभी हो । यसमा १०० किलोवाट क्षमताको सिङ्गल मोटर सेटअप राखिएको र त्यसले १८० न्युटनमिटर टर्क प्रदान गर्ने उनले बताएका छन् । आइकार पनि चीनको चर्चित अटोमोबाइल निर्माता चेरी ग्रुपअन्तर्गतकै ब्रान्ड हो ।
चेरी दुई दशकदेखि चीनकै प्रमुख अटोमोबाइल निर्यातकर्ता रहँदै आएको छ । अहिलेसम्म यसले विश्वका ८० भन्दा बढी मुलुकमा एक करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ । आइकार भी–२३ ले रगेड एस्थेटिक्स, स्मार्ट प्रविधि र सुरक्षित इन्जिनियरिङलाई एउटै प्लेटफर्ममा ल्याएको कम्पनीको दाबी छ । यसमा १०० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ, जसले १८० न्युटनमिटर टर्क दिन्छ । ५९.९३ किलोवाटआवर क्षमताको ब्याट्री प्याकसहित लामो दूरी सहज बनाउन सकिने अनुमान गरिएको छ ।
गाडीको लम्बाइ चार हजार २२० मिलिमिटर, चौडाइ एक हजार ९१५ मिलिमिटर, उचाइ एक हजार ८४५ मिलिमिटर र ह्विलबेस दुई हजार ७३५ मिलिमिटर छ । ७० प्रतिशतभन्दा बढी भागमा ‘हाइ–स्ट्रेन्थ स्टिल’ प्रयोग भएको र ‘इन्टरप्राइज–ग्रेड ब्याट्री सेफ्टी’ मापदण्ड पालना गरिएको कम्पनीले जनाएको छ । भित्रतर्फ यसको क्याबिन फराकिलो र आरामदायी छ ।
अगाडिको सिटतर्फ सजिलै प्रवेश–निर्गमन गर्न सकिने व्यवस्था गरिएको छ भने पछाडिको सिट अझ ठूलो छ । विशेष किसिमका मेकानिकल नब (डायल) राखिएको । यसले प्रयोगकर्तालाई सहज स्पर्शजन्य अनुभव दिलाउनेछ । आइकार भी–२३, ६ वटा रंग विकल्पमा उपलब्ध हुनेछ । यो मोडलले नेपालसहित विश्वभर बढ्दो विद्युतीय एसयूभीप्रतिको आकर्षणलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा सहभागिहरूले ‘इन्टेलिजेन्ट टेक’ विशेषता प्रत्यक्ष अनुभव गरेका थिए । केहीले परीक्षण ड्राइभमार्फत गाडीको स्मार्ट प्रविधि र एडभेन्चर–रेडी क्षमता पनि महसुस गरेका थिए । ‘आइकार’ राम्रो हाइट र नेपालको सडकखण्ड सुहाउँदो अत्याधुनिक विद्युतीय गाडी रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए ।
नेपालगन्जमा रहेका व्यवसायीहरूका लागि अझ ‘आइकार’ धेरै उपयोगी हुने उनको भनाइ थियो । उकालो सडक र एकपटक चार्ज गरे ४ सय किलोमिटरसम्म कुद्ने भएकाले सबैको रोजाइमा पर्ने उनले बताए । विशेषगरी नेपालगन्जका व्यवसायी मात्र नभई पश्चिम नेपालका कर्णाली, सुदूरपश्चिम र लुम्बिनीसँग जोडिएको औद्योगिक क्षेत्रमा ‘आइकार’ उपलब्ध हुनु सुखद पक्ष रहेको उनको भनाइ थियो । उनले ‘आइकार’ नेपाली माटो सुहाउँदो रहेकाले सबैलाई एकपटक भिजिट गरेर खरिद गर्न आग्रह गरे । उनले गाडीका इन्टेलिजेन्ट टेक्नोलोजी विशेषता अनुभव गर्नुका साथै प्रारम्भिक ड्राइभिङ पनि गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्