नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने



काठमाडौं । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् ।

पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् ।चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको पनि उनले बताए । उनले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार