दिपल इभीका ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी



काठमाडौँ ।

इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले दिपलका इभीका ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ । जुन नेपालकै सबैभन्दा लामो इभी ब्याट्री वारेन्टी हो । दिपलका इभीहरूमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा दुई लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको छ ।

अब भने एमएडब्लु वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा दुई लाख किलोमिटर वारेन्टी दिने भएको हो । जसले इभी स्वामित्वलाई अझ धेरै चिन्तारहित बनाउनेछ । कम्पनीका अनुसार दिपलका इभीमा संसारको सबैभन्दा ठूलो इभी ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको सबैभन्दा अनुभवी अटो निर्माता चांगानका अत्याधुनिक मोटर जडान गरिएको छ ।

यो एक्टेन्डेड वारेन्टीअन्तर्गत दिपलका ग्राहकले हाइभोल्टेज ब्याट्री पार्ट, सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट र म्यानुफ्याक्चरिङ डिफेक्ट लगायतका हाइभोल्टेज इभी कम्पोनेन्टमा वारेन्टी पाउनेछन् । यसका साथै, यो वारेन्टीले ट्रयाक्सन मोटर एसेम्ब्ली, मोटर कन्ट्रोल युनिटसहितको इलेक्ट्रिक मोटर सिस्टमको महत्वपूर्ण भागहरूलाई पनि कभर गर्छ ।

‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको अभिव्यक्ति पनि हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथिको हाम्रो विश्वासका आधारमा हामीले नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो एक्टेन्डेड वारेन्टी लागू गरेका हौँ ।’

यो घोषणासँगै एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपालका इभी ग्राहकप्रति आफ्नो दीर्घकालिन प्रतिबद्धतालाई पुनः पुष्टि मात्र गरेको छैन इभीको स्वामित्व सुनिश्चितता पनि प्रदान गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार