काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र प्रकाशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्र सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो ।

बैठकमा संयोजक दाहालले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा र निर्वाचन परिचालन समितिका सचिवालय सदस्यले निर्वाचन तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे जानकारी गराएका पार्टी सचिवालयले जनाएको छ । बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकिएको छ ।
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्