30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

‘धर्ना बस्ने मान्छे नभएपछि नाका खुल्यो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर २४, २०७२  

मोर्चाका स्थानीय नेता भन्छन्, DSC05636-650x284 आंशिक रुपमा सञ्चालित नेपालगञ्ज–रुपडिहा नाका विहानैबाट खुलेको छ । कुनै रोकतोक बिना इन्धन, खाद्य तथा निर्माण सामाग्रीका गाडी नेपाल भित्रिरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म १९ वटा डिजेल, ५ वटा पेट्रोल, ३ वटा हवाई, ४ वटा ग्याँसका ट्यांकर र १४६ वटा खाद्य सामाग्रीका गाडी अहिलेसम्म भित्रिसकेको छ । दिनभर मोर्चाका कार्यकर्ता धर्नामा बस्ने भएपछि नाका अवरुद्ध हुँदै आएको थियो । तर, धर्नाबाट मोर्चाका कार्यकर्ता हटेलगत्तै भारतीय पक्षले सहज रुपमा गाडी पठाइरहेको छ । मोर्चाका स्थानीय प्रवक्ता पशुपति दयाल मिश्रले धर्नामा बस्ने मान्छे नभएकाले खुला गरिएको बताए । उनले भने, “मान्छे घट्दै गएकाले धर्ना नबसिएको हो, अव बैठक बसेर नयाँ योजना बनाउँछौं ।” उनले केन्द्रबाट आउने निर्देशन अनुसार नयाँ कार्यक्रम तय हुने बताए । प्रवक्ता मिश्रले भने, “केन्द्रमा पनि बैठक बसिरहेको छ, अव कस्तो कार्यक्रम आउँछ त्यसै अनुसार कार्यक्रम अघि बढ्छ ।”

प्रकाशित मितिः बिहिबार, मंसिर २४, २०७२     7:39:20 PM  |