प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्री प्रदान



बुटवल ।

बुटवल उद्योग वाणिज्य संघअन्तगर्तको रुपन्देही पुस्तक तथा स्टेशनरी वस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा स्पोर्टसका सामाग्री प्रदान गरको छ । वस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रूपैयाँ बढीका पुस्तक तथा स्पोर्टसका सामाग्री प्रदान गरेको हो ।

नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, वस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले उक्त गणका गणपति प्रहरी उपरीक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा स्पोर्टस सामाग्री हस्तान्तरण गरेको संघका पे्रस सल्लाहकार कविन्द्र नेपालले जानकारी दिए ।

संघका अध्यक्ष अर्यालले २४सै घण्टा शान्ति सुरक्षामा खटिने प्रहरी र व्यावसायिक तथा सामाजिक संघसंस्थाबीचको सम्बन्ध नङ र मासुकोजस्तै हुनुपर्ने बताए । समितिका सभापति शर्माले समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै विगतका वर्षमा गरिब तथा विपन्न परिवारका बालबालिका, कारागारका कैदीबन्दीलाई पुस्तक प्रदान गरिएको बताउँदै अहिले प्रहरीलाई थोरै भए पनि सहयोग गरिएको बताए ।

गणका गणपति प्रहरी उपरीक्षक मल्लले आफूहरूको सानो आग्रहमा गणमा आएर पुस्तक तथा स्पोर्टसका सामाग्री प्रदान गरेकोमा समितिलाई धन्यवाद व्यक्त गर्दै सामाजिक क्षेत्रमा सधैँ सहकार्य गरेर काम गर्ने बताए । एकले अर्कोलाई सहयोग गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै मल्लले यो सहयोगले मुस्कानसहितको प्रहरी सेवालाई थप मद्दत पु¥याउने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार