गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५ वर्ष प्रवेश गरेको अवसरमा ‘रजत जयन्ती’ विविध कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । विद्यालयले बिहीबारदेखि विविध कार्यक्रमको आयोजना गरेर स्थापना वर्षको २५औँ वर्ष मनाइरहेको हो ।
कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५ वर्ष प्रवेश गरेको अवसरमा ‘रजत जयन्ती’ विविध कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । विद्यालयले बिहीबारदेखि विविध कार्यक्रमको आयोजना गरेर स्थापना वर्षको २५औँ वर्ष मनाइरहेको हो ।
रजत जयन्ती मनाउने क्रममा विद्यालयले शुक्रबार अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले अभिभावक दिवसका अवसरमा विद्यालयको प्राङ्गणमा विविध सांस्कृतिक कला संस्कृति प्रर्दशनका साथै अभिभावकलक्षित निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको विद्यालयका संस्थापक अध्यक्ष केशरबहादुर आलेले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा सिर्जना गरिएका विविध शैक्षिक उन्नयनका विधाहरू समेत स्टलवाइज प्रर्दशनीमा राखिएका उनले बताए । विद्यार्थीहरूले आफ्नो प्रतिभाहरू स्टलहरूमा प्रर्दशन गरेको बताउँदै उनले अभिभावकहरूलाई शैक्षिक प्रर्दशनीबाट ध्यान खिच्न सफल भएको बताए ।
शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा र व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसर बाँकी नराखेको जिकिर गर्दै उनले समयसापेक्ष शैक्षिक क्यालेण्डरलाई सुधार गर्दै लगिएको बताए । गुणस्तरीय शिक्षामा कुनै कमी हुन नदिन विद्यालयले परामर्शदाता तथा पाठ्यक्रम विकासकर्ता नियुक्त गरेर पञ्चवर्षीय योजनाअनुरुप गतिविधि अगाडी बढाइरहेको समेत जानकारी दिए ।
विद्यालयका संस्थापक अध्यक्ष केशरबहादुर आले मगरको अध्यक्षतामा आयोजित रजत जयन्ती समारोहको शुक्रबार विद्यालयका प्रमुख सल्लाहकार प्रा.डा. गोविन्दप्रसाद ढकालको प्रमुख आतिथ्यतामा अभिभावक दिवस सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक साधना थापाले जानकारी दिइन् ।
अभिभावकहरूको अथक मेहनत, सहयोग र सल्लाहका कारण आज विद्यालय २५औँ वर्षमा प्रवेश गर्न सफल भएको भन्दै उनले विद्यालयको श्रीवृद्धिमा प्रत्यक्ष वा परोक्ष योगदान दिने सेयरधनी, सञ्चालक, अभिभावक तथा सरोकारवाला सबै पक्ष धन्यवादका पात्र भएको बताइन् ।अभिभावक दिवसकै अवसरमा बालबालिकाहरूका आफ्ना प्रतिभाहरूलाई उजागर गर्न अधिकांश समय उनीहरूलाई मञ्च प्रदान गरिएको थियो । बालबालिकाहरूले सांस्कृतिक नृत्य, जुम्वा, योगाका साथै फन गेममा समेत सहभागिता जनाएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, विभिन्न पालिकाका जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, विद्यालय सञ्चालक समितिका सदस्यहरू, सेयर सदस्यहरू, अभिभावक, शिक्षक संघका सदस्यहरू, विद्यालयका पदाधिकारीहरूका साथै अभिभावक विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । आज शनिबार भने कार्यक्रमको अन्तिम दिन कलाकार पूर्णकला बिसीको प्रस्तुती समेत रहने विद्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्