काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । माघ ५ मा जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको र त्यसमा संक्रमण भएपछि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रहेका छन् । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले मंगलबार उक्त जानकारी दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ ।
लामिछाने तत्काल सार्वजनिक कार्यक्रममा देखा नपर्ने भएका छन् । चिकित्सकहरूले लामिछानेलाई पूर्ण निको भएपछि मात्रै नियमित काममा फर्किन सुझाव दिएको आचार्यले जानकारी दिएका छन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । वरिष्ठ नेता बालेन्द्र शाह भने चुनावी अभियानका क्रममा देश दौहाडाका क्रममा सुदूरपश्चिममा छन् ।









प्रतिक्रिया दिनुहोस्