रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार बालेन शाह सोमबार नेपालगन्ज आउने भएका छन् । सुदुरपश्चिम जाने शिलशिलामा नेपालगन्जमा पनि चुनावी प्रचारमा सहभागी हुने पार्टी स्रोतले बताएको छ ।
बालेन बिहान साढे ८ बजे नेपालगन्ज विमानस्थलमा आइपुग्ने र त्यहाँबाट उनी कारकाँदोमा रहेको रास्वपाको कार्यालय घण्टीघरमा पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ पार्टी कार्यकर्तासँग भेटघाट पछि उनी बागेश्वरी मन्दिर हुँदै त्रिभुवन चोकसम्म जाने कार्यक्रम रहेको बताइएको छ ।
बालेन नेपालगन्ज आउने खबरसँगै पार्टीपंक्तीमा व्यापक उत्साह देखिएको छ । पार्टीबाट बाँके क्षेत्र नम्बर २ का उम्मेद्वार विवेक श्रेष्ठले बालेनको स्वागतका लागि तयार रहन भनेका छन् ।
बालेन सुदुरपश्चिम पुगेर त्यहांका आफुनिकट उम्मेद्वारको चुनावी प्रचारमा सहभागी हुने बताइएको छ । मधेश प्रदेश हुँदै कोशी प्रदेशको भ्रमणबाट फर्किएका बालेनले पश्चिम नेपालतर्फ यात्रा सुरु गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्