
विराटनगर – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशका १४ वटा जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ ।
मंगलबार भएको मनोनयन दर्ता प्रक्रियामा कुल ५०४ जनाले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी पेस गरेका छन् ।
प्राप्त तथ्याङ्क अनुसार, सबैभन्दा बढी मोरङ जिल्लामा ११८ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा समान १२–१२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लागत विवरण यस प्रकार छ :
१. ताप्लेजुङ : १३ जना
२. पाँचथर : १५ जना
३. इलामस् (क्षेत्र नं १ मा १३ र क्षेत्र नं २ मा १४) गरी जम्मा २७ जना
४. झापा : (पाँचवटा क्षेत्र गरी) जम्मा ८६ जना
५. संखुवासभा : १६ जना
६. तेह्रथुम : १२ जना
७. भोजपुर : १२ जना
८. धनकुटा : १८ जना
९. मोरङ : ११८ जना
१०. सुनसरी : चारवटा क्षेत्रमा १०९ जना
११. सोलुखुम्बु : १२ जना
१२. खोटाङ : १५ जना
१३. ओखलढुङ्गा : १६ जना
१४. उदयपुर : दुईवटा क्षेत्रमा ३१ जना









प्रतिक्रिया दिनुहोस्