काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।थापाले काठमाडौं क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाले काठमाडाैं ५ बाट प्रत्यक्षबाट उम्मेदवारी दिएका हुन् । थापाको पार्टी राष्ट्रिय पूजातन्त्र पार्टी नेपाल राप्रपामा समाहित भएपछि काठमाडौं ५ बाट टिकट पाएका थिए ।
अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेकाे छ ।देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्