
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने भएका छन् । भट्टराई सक्रिय राजनीतिमा नरहने चर्चाबीच उनले फेरि चुनाव लड्न लागेका हुन् । सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा पुगेको जानकारी दिएका भट्टराईले प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन् ।
‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ’खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले भनेका छन् ।
यसअघि उक्त क्षेत्रबाट विजयी भएका प्रचण्ड नेतृत्वको नेकपाले गोरखा–२ मा लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ भने एमालेले आपराधिक पृष्ठभूमिका चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्