काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै यो दिनलाई प्रकृति फेरिने दिन मात्र नभई नेपाली विविधताको संगम भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिएका हुन्।
बालेनले चर्चित गीतको अंश ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ उद्धृत गर्दै नेपालीपनको व्याख्या गरेका छन्। उनले माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति, तिलुवा संक्रान्ति वा माघीका रूपमा मनाइने उल्लेख गरे।
आफ्नो सन्देशमा बालेनले नेपालका विभिन्न समुदायले आजको दिनलाई कसरी मनाउँछन् भन्ने कुरालाई समेटेका छन्। उनले नेवार समुदायले यसलाई ‘घ्यः चाकु संल्हू’ र किरात समुदायले नयाँ वर्षको रूपमा ‘येले संवत्’ मनाउने कुरा उल्लेख गरेका छन्। त्यस्तै, थारू समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व माघी भएको पनि उनले स्मरण गराए ।
चाडपर्व मनाउने नाम र शैली फरक भए पनि सबै नेपालीको भावना एउटै भएको उनको भनाइ छ। बालेनले नेपालीहरू जोडिने, रमाउने र उत्सव मनाउने तरिकामा विविधता भए पनि अन्ततः सबै एकै भएको सन्देश दिँदै सबैमा नयाँ सुरुवात र समृद्धिको कामना गरेका छन्।
यस्तो छ उनको फेसबुक स्टाटस्
सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
सब हो एउटै हामी नेपाली
एउटै हाम्रो देश नेपाल
आज माघ १ः प्रकृति फेरिने दिन मात्र होइन, नेपाली विविधताको संगम पनि हो ।
मकर संक्रान्ति / माघे संक्रान्ति
माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ(आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।
नेवार समुदायमा ‘घ्यः चाकु संल्हू
किरातहरुको यल संवत्
नेपालमा प्रचलित मध्ये किरात येले संवत् एक हो । माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ ।
माघी स् माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।
हामी जोडिने, रमाउने र उत्सव मनाउने नाम, शैली, फरक होलान तर, भावना एउटै छ । सबैमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस् । समस्त नेपालीमा यी पावन पर्वहरूको हार्दिक एवम् मङ्गल शुभकामना ।









प्रतिक्रिया दिनुहोस्