कांग्रेसले छान्यो राष्ट्रिय सभाका लागि ९ उम्मेदवार



काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसले कोसी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमाले र जसपा नेपालसँग भएको तालमेलको सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारको टुंगो लगाएको हो।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार