‘कान्छाको बयान’



दिपक आचार्य ‘जलन’

खरको छानो हुरिले हुत्यायपछी
घरभित्र बाट आकासको तस्वीर
सर्लक्क आँखा मा खिचेर
निदाउनुको मज्जा लिदै गर्दा
आकास रिसले मुर्मुरियो
रिसका झिल्काहरुले मेरो घरलाइ
निसाना बनायो
बिजुली चम्कियो ,आकास गर्जियो
असिनारुपी पत्थर बर्साइरह्यो
सानो छोरो बाबा भन्दै चिच्यायो
छोरी सानुको अङालोमा
आफुलाइ लुकाउनमा तल्लिन भइ
म कान्छो
घरको मुलि
छोराछोरी र सानुको रक्षार्थ खटिए
आकासलाई निदाउनुभन्दा अगाडि
एकोहोरो हेर्नुको सजाय
यति भयंकर हुन्छ भन्ने
थाहा नपाएको अनपढ
स्वयंम कहालिय बिपत्ति देखेर
घर पानीको तलाउ बन्यो
आँटिमा चार जिन्दगी
इस्वर सम्झियर मुटु कमाउदै
बिहानिको प्रतीक्षामा थिए
धन्न बिहान भयो
आसाको लामो सास फेरियो
घर घर जस्तो थियन
छानो त पहिल्यै थियन
पानी र हुरिको मारमा
बिचरो घर धन्न अडियको थियो
गरिबको निधारमा रिनको भारी
खुब सुहाउदो रहेछ
फेरि माने साहुकोमा हात जोडीयो
सानो घर बनाइयो
अभाव र रिनको उपचारको लागि
म कान्छो घरमुली
छोराछोरी र श्रीमती छोडेर
कतार पुगे
तातो बालुवामाथी पसिना बगाउदै
दिनरात गधाले झै काम गरे
गोरुले झै बाझो जमिन जोतेर
सम्म बनाय
दिन फर्किय
समय बदलियो
खरको छानो फेरियो
परिवारमा खुशी फर्कियो
छोराछोरी बोर्डिङ स्कुल पढ्ने भय
श्रीमती स्कुटि कुदाउने भइन
तर म कान्छो घरमुली उस्तै छु
दिनभरी काम
रातभरि छटपटि
खाडिको गर्मी सङ जुहारी खेल्दै
जिन्दगीका अनमोल दिनहरु
बालुवा हेरेर
मुदिरको तेजधार वचन सुनेर
सम्झनाका कांडेतारहरु
मुटुमा बिझाइ बिझाइ
यक्लो निरस र अप्रिय जिन्दगी बाचिरहेछु ।

बर्दिया/ हाल साउदी अरब

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार