काठमाडौँ ।
जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ सञ्चालक समिति गठन समेत गठन गरेको छ । साधारणसभाबाट रामु सुवेदीको अध्यक्षताम ानयाँ सञ्चालक समिति गठन गरिएको छ ।समितिको उपाध्यक्षमा पूर्ण जीसी, सचिवमा होमनाथ आचार्य र कोषाध्यक्षमा यामबहादुुर सुुर्खाली चयन भएका छन् ।
सदस्यहरूमा कृष्ण मुुरारी सापकोटा र राजेन्द्र आचार्य तथा महिला सदस्यमा कबिता काफ्ले चयन भएका छन् । त्यसैगरी, लेखा समिति संयोजकमा कृष्णप्रसाद शर्मा तथा सदस्यहरूमा दुुर्गालाल शर्मा चापागाँइ र भुुबनेश्वर भट्टराइ चयन भएका छन् ।साधारणसभामा लेखा सुुपरीवेक्षण समितिका संयोजक कृष्णप्रसाद शर्माले आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै निवर्तमान कोषाध्यक्ष पूर्ण जीसीले आर्थिक वर्ष २०८२–०८३ को वित्तीय अवस्थाबारे जानकारी गराए ।
साधारणसभाबाट वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित भएको थियो ।नवनिर्वाचित अध्यक्ष सुवेदीले सदस्यहरूको विश्वासलाई कायम राख्दै संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारीको संस्थागत विकाससँगै सदस्यहरूको आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्