चरित्र शाह
बाह्र वर्षपछि घर फर्किन पाउँदा हृदय गद्गद् थियो। मैले सबैभन्दा पहिला शिलुलाई फोन गरे। सुनी मात्र । केही बोलिन। मैले सोचें, धेरै वर्षपछि सम्पर्क हुँदा हविभोर भइ होली। मैले फोनमा धेरै कुरा गर्न चाहन्थे तर सकिने। अब त घर गइहाल्छु भेटेर सबै कुरा बताउँला भनेर चित्त बुझाएँ। यत्रा वर्ष सम्पर्क विहीन भयो भनेर रिलाकी पनि हुन सक्छे। मेरी श्रीमती नौनी जस्तै छे। पग्लि हाल्छे। मैले चलाउने गाडीको सामान हरायो। म जेलमा परें । त्यसबेला त सोचेको थिएन स्वदेश फर्किन पाउँला भनेर तर कुलपितृका आशीर्वादले फर्किन पाएँ। छोराछोरी कत्रा भए होलान् रु कस्ता भए होलान् रु के गर्दै होलान् रु शिलुले कसरी घर व्यवहार चलाएकी होली रु एक मनले त भन्थ्यो, सम्पर्क गर घरमा। मैले सकिनै मेरो दुःख देखाएर शिलुलाई दुखाउन। मैले गरेका गाली त सुने नसुनेझै पचाउन सक्धी तर मेरो पीडा हेरेर बस्न सक्दिनथी । कति रिसाएँ, गाली गरें, शङ्का गरे चुपचाप सुन्थी। कुनै जवाफ दिन्नधी । त्यति राम्री स्वास्नीलाई शा गर्ने म पनि कति मूर्ख। कहिले आफैलाई पछुतो लाग्थ्यो ।
म चाहन्थे, ऊसँग कोही पुरुष नबोलोस् । उसलाई कसैले नहेरोस् । बस्तो सोच्न हुन्न भन्दाभन्दै पनि यस्तो घृणित सोच मनमा आउँथ्यो। ऊ कुनै पुरुषसँग बोलेको सुन्नासाथ मेरो मन मुर्काइ हाल्थ्यो । मुहार ओइलाउँथ्यो। स्वभाव पनि रुखो मनको कुरा प्याच्चै भनिहाल्थे। हतारमा बोल्नु र फुर्सदमा पछुताउनु भनेजस्तै हुन्थ्यो। ऊ दुःखी हुन्ची, आँसु झार्थी, रुन्थी। म विदेश हिडेपछि झन् यस्तै शङ्का मात्र उब्जन्थे । आँखा अगाडि नहुँदा त झन् यो पापी मनले पाप मात्र सोच्ने। ऊ फूल जस्ती राम्री, बत्तीभौं धपक्क बलेकी थिई। सेतो नैनसुतमा छिटै दाग लाग्छ। स्वास्नीलाई ठाउँमा राख्नु, बेलाबेलामा आमाले र दिदीले भन्ने। आफै म कस्तो त्यसैमा दाइले उक्साउने । एकदिन भनेथे, ुधपक्क घरमा बसु, नत्र भोलिबाट मसँग नबोल्नू । कैलेको गाली कैलेको बोली भन्छन, साँचो रैुछ। त्यस दिनदेखि यत्रावर्ष बोल्न सकिएन । परिस्थितिवश हामी सम्पर्कविहीन हुन बाध्य भयौं। यस्तै सोच्दा सोच्दै म विमानमा निदाएछु। विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको रहेछ। म विमानबाट ओर्लिएँ। मनभर्भार, मुटुभरि प्रेममय सम्झना बोकेर मिठो कल्पनामा रमाउँदै म गोलटारतिर लागें। हाल त्यही हाम्रो घर थियो। घरमा पुगें। ढोकामा ताला झुण्ड याएको मात्र थियो। ढोका खोलें। भित्र पसें । घरमा कोही थिएन । घरका सबै कोठामा हेरें। मलाई रिस उठ्यो। मनमनै भनें, यत्रा वर्षपछि आउन लागेको थाहा पाएर पनि काँ मुन्टेकी होली। बैठक कोठाको सोफामा बसें । टि टेबुलमा एउटा चिठीको खाम थियो। मैले त्यो खाम हेरै जसमा शिलका अक्षर थिए। मैले छिटोछिटो खाम खोलेर पढ्न थालें।
बसिरहेको
मिति स् २०६५/०३/१५
प्रिय गान्छे…
जगानाले कोल्टो फेरेपछि, परिस्थिति उल्टो घुमेपछि, कसको के लाग्छ र रु भीरमा चर्ने गोरुलाई काँध कसले थाप्छ र सक्छ त केवल रामराम भन्न। बोल्नेको मुख थुन्न सकिन्न, आफ्नै कान थुन्न सकिएला बरु। कैयौं दिनसम्म धुनै कान तर तिम्रो मुख थुन्न सकिन। तिमी बोल्यौ। बालिरह्यो। मैले सुनें। सुनिरहें। गरिने प्रतिवाद कुनै । न सोचे अपवाद कुनै । तर परिस्थिति सधै एकनास भइनरहने, चिनी पनि धेरैरे भए मिलो नहुने, कागति नि धेरै निचोरे तितो हुने, गाग्री पनि भरिए पोखिने। यो सर्वसत्य बुझ्न सकिनी तिमीले । न सकै मैले बुझाउन। जे रोप्यो उही फल्छ। जे दियो उहीं लिन्छ भन्छन्, हो त्यस्तै भयो यहाँ पनि । विदेशी डलरमा भुल्ने जमाना आएदेखि, साइबर र भाइबरमा डुब्ने जमाना आएदेखि, नक्कल र धक्कलगा खुल्ने जमाना आएदेखि बिर्सियौ हाम्रो अतीत । बिर्सियी हाम्रो भविष्य। कुनै दिन जब म शुद्ध काँचो माटो थिएँ। कान्त थिएँ र शान्त थिएँ। निर्दोष थिएँ र धेरै करामा अबोध पनि थिएँ। अभाव थियो। अभावमा नै हामी दुईको गहिरो आत्मीयता थियो । अभावभित्र नै अनन्त खुसी थियो। अभावभित्रै जीवनको सम्पूर्णता थियो। मलाई थाहा थिएन प्रिय शहरिया कृतिम जीवनशैली। मेरो आफ्नै प्राक्तिकता थियो। मेरो आफ्नै गाउँले सरलता थियो । तिमी विदेशियी जब डलरको सपना देख्यौ । मलाई बिर्सियौ। मेरो पवित्रता र सरलता बिर्सियौ । आँखामा पट्टि बौध्यौ। मलाई चिन्न छोड्यौ । सधै हन्यौ धमिलो मनले र शङ्कालु नजरले । मैले सुन्दै नसुनेका कुरा तिमीबाट नै सुनें। मैले सोच्नै नसकेका कुरा पनि तिमीबाटै सुनें। तिमीले दिनका दिन थोपाथोपा गर्दै विष भर्दै गयी। मैले सञ्चित गर्दै गएँ।
ओहो। संसार कति विचित्र। अरू अरुले त भन्थे टाढा भए माया बढ्छ तर हाम्रो त दूरी पो बढ़ यो। दिनका दिन झगड़ा गयौ। शङ्काको पर्खाल लगायौ। मैले सकिनै प्रिय तिमीलाई सम्झाउन, बुझाउन । तिम्रो नजरमा पैसा नै सर्वेसर्वा थियो। तिम्रा सारङ्गी भैडी उकास्न विदेशिनु नै सर्वोत्तम उपाय थियो। तिम्रा आँखाले मेरा आँखा पढ्न सकेनन् । मन बुझ्न सकेनन् र म भित्रको शुद्धता देखेनन् । तिम्रो दृष्टि हाम्रो जीवनको प्रारम्भमा पुग्न सकेन । तिम्रा ओठले मुस्कान दिन सकेनन् । रिसाएका गोरुझै आँखा तथौ । सधै सधै तरिरह्यौ। तिम्रा नजरले कहिल्यै प्रेमरूपी अमृत बर्साएनन् । तीखातीखा लाञ्छनारूपी शब्दवाण प्रहार गयौ। नित्यनित्य गरिरह्यौ । फोन गयो कति फोन गर्छ। तै जस्तो म होइन काम नभाको। फोन नगर्यो कोसँग लागेर विसिंसु । यस्तै यस्तै प्रहार गयौ। गरिरह्यौ। यस्तै क्रिया प्रतिक्रिया चल्दै गयो। दिन प्रतिदिन मेरो मनमा बीषको रस बढ्दै गयो। तिम्रो मनमा मेरोप्रति प्रेम छ भन्ने पनि बिर्सिन थालें। मिठो बोलीको आशैआशमा मेरो हृदय तड्पिन थाल्यो। मिठो हेराइको प्रतीक्षामा मेरा नयनहरू टोलाउन थाले। लोलाउन थाले । तिमीले दिएको त्यो तनाव बोकेर म आफन्तसँग पोखिन खोज्थे। लाग्थ्यो पोखिनका लागि मात्र पाखिएर के गर्नु रु सम्हालिन साथ दिने को होला ररु झन् सबैका हड्डी पो हॉरने हुन् कि।
बल्ल खाइस् भनेर। आफन्त नै हुँदा रहेछन् रुंदा कठे भने जस्तो गर्ने तर हाँस्दा हेर्न नसक्ने। लड्दा उठ् धनेजस्तो गर्ने हात नदिने, हिड्दा खुट्टा तान्ने र पछार्न खोज्ने। मेरो पीडा बुझ्न सक्ने कोही थिएन। तिमी हाम्रो भविष्यको लागि भन्दै विदेशियी। छोराछोरीको भाग्य लेख्न भन्दै परदेशी भयौ। तर भुल्यौ छ महिनामा नै भाग्य पनि भविष्य पनि। न मलाई सम्झियौ, न छोराछोरी। हामी बिचको समझदारी र सद्भाव कम हुदै गयो। भौतिक दूरी बढेसँगै हृदयको दूरी पनि बढ्न थाल्यो। तिम्रो खाडीको कमाइले मात्र यो समयमा सन्तानको आधारभूत आवश्यकता पूरा हुन सकेन । हाम्रा सन्तानको राम्रो पालनपोषण गर्न म आफै खट्नु पर्यो। जमाना यस्तो आयो कि शिक्षामा पनि वर्गीय विभेद देखिन थाल्यो। राम्रो शिक्षा लिन पनि धनी भएर जन्मिनु पर्ने भयो। तिम्रो मनको शब्दकोशमा मप्रतिको विश्वास भन्ने शब्द नै थिएन सायद। म घरभित्र मात्र बाँधिएर बाँच्न सकिने र छोराछोरीको भविष्य पनि लेख्न सकिनँ। म बाहिर निरिकएँ। एउटा सहकारीमा सानोतिनो जागिर गर्न थालें । एक दिनको कुरा म साँझको खाना पकाउँदै थिएँ। तिमीले फोन गयौ। मैले खुसी हुँदै फोन उठाएँ र हेलो धर्ने। दिनभरि की थिइस् भन् उताबाट आवाज आयो ।
अफिस, अन्त कहाँ छर जाने ठाउँ रु मैले पनि भन्किदै भनै ।
धेरै बढी हुने होइन, ठिकसित बस्ने । के बढी भएको देख्यौ र रु जे पायो त्यै बोल्ने। तेरो बारेमा मान्छेले के सोच्छन् हेर्। उनले एउटा स्क्रीनशट पठाए । ूतेरी स्वास्नी हिरोइन बनेर हिड्छे आजकाल जागिर गर्ने कहलाएर । धोका देली विचार गरेस् ।ू कसले पठाएको रैुछ भन्ने सोच्दै राम्रोसँग हेरें, आफ्नै जेठाजुको रैछ। मेरो विश्वास नै छैन तिमीलाई के भन्नूँ रु यदि हाम्रो आत्मियता हुन्थ्यो त विश्वास हुन्थ्यो । अर्कोको कुरा सुनेर मिठो समयलाई सम्बन्धलाई तितो बनाउने थिएनी एकापसमा विश्वास भैदिएको भए। विश्वास हुनलाई विश्वास गर्ने वातावरण पनि त बन्नुपर्यो।
के वातावरण बिग्यो र किन गर्नु पन्यो जागिर रु तैले जागिर गरेर पुग्ने भए म किन विदेशिनु पथ्यर्थ्यो र तिम्रो कमाइले मात्र कहाँ पुग्छ र रु दुईदुई ओटा छोराछोरी पढाउनु पर्यो, मेरो पनि कमाइ भएपछि अलिअलि थपथाप होला। पर्दैन थपथाप गर्न । छपक्क घरमा बसु भोलिबाट नत्र अब मलाई फोन नगर्नु । हाम्रो वादविवाद हुँदै थियो। यति भनेर तिमीले फोन काट्यौ। तिमीले अब फोन नगर्नू भने जसरी फोन नगर्न त सहज कहाँ थियो र रु फोन मैले न रहरले गर्थे न कहरले। म तिम्रो हालखबर नबुझेर निदाउन सक्दिनथे । त्यो त मेरो मनको माग थियो । त्यसपछि हाम्रो सम्पर्क विच्छेद भयो। के के सोच्यौ, कस्तो सोच्यौ र मचाट टाढियौ, त्यो त तिमीलाई नै थाहा होला । त्यसपछिको मेरो हालत के भयो मलाई थाहा छ।
खुसी मान्नेभन्दा रिस गर्ने धेरै हुँदा रहेछन् समाजमा । काट्नेहरूले धेरै कुरा काटे। तिम्रा कान पनि भर्नसम्म भरे। तिम्रो शङ्काको दियोमा तेल थपे, धपक्क बलाए हाम्रो सम्बन्ध। तिम्रो सन्देहको आगी निभाउन सकिनें गैले । लाइनी कुरा प्यारो हुने। फूलबुट्टा भरेर लाउने । तिललाई पहाड बनाउने अनि भुत्लोलाई भाले । मलाई पनि त्यस्तै गरे। यो त समाजको विशेषता पो रहेछ। नखाएको विष लाग्ने भन्थे सायद यसैलाई होला। अर्कैको कुरा सुनेर तिमी मबाट टाढियी। सामाजको भौतिक संरचनामा त परिवर्तन धेरै भयो तर सामाजिक सोचमा परिवर्तन हुन सकेन । न त्यतातर्फ कसैको ध्यान पुग्यो । झगडा गरे पनि, शक्रा गरे पनि, रिस गरे पनि, आँखा तरेपनि, गाली गरे पनि मेरै मायाले हो भन्दै, चित्त बुझाउँथे । सन्चै भएको खबर पाउँथे र ढुक्कले काम गर्थे। जब तिमी सम्पर्कविहीन भयौ कैयौं दिन लटपटीमा बिते । ननिदाएँरै कति रात कटे। धेरै समय त सोच्नै सकिने तिमी यत्ति धेरै निष्ठुरी की भनी। धेरै साथीले भने, अन्तै लागेर होला तर मान्छेको मन हो। बिछोडको पीडामा जलि रहे।
श्रीमान् घरमा नभएपक्ति दुनियाँको नजर नै बेग्लै हुने रैुछ। अलिकति साँझ परेर घर आउँदा पनि सबैले शङ्कालु नजरले हेर्थे र कहीं गएर आयी यत्ति अबेर भन्थे । कुनै दिन तिगी रिसाउँथ्यौ म फकाउँथे, तिगी जिल्थ्यौ म हाथै, तिमी दुख्थ्यौ म रन्थे तर अब ती दिन सकिएछन् प्रिय। तिम्रो आगमनले म हर्षित हुन सकिनँ । दुःखी हुने त कुरै भएन। कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेको यही होला। मलाई द्वलो बनाउने तिमी नै हौ प्रिय। मभित्रको प्रेम र दयाको सागर सुकाउने तिमी नै हो। सबैको शब्त, सधैको रिस, सधैको आगो, बाँकी राखेन कोमल प्रेम पुष्पहरू। मायो, जरो नै उखेलिदियो। मनले प्रश्न गर्छ, अब पलाउला कि नपलाउला मन मेरो प्रेमलाइ, मेरो इमान्दारितालाई कायरता सम्झियौ। मेरो सेवा सद्भाव र सम्मानलाई दासता सम्झियी। अहे कहिल्यै बुझिनी, मेरो प्रेम, सद्भाव र इमान अनि सम्मानलाई। मेरो प्रेम र आत्मियताको गलत फाइदा उठायी र तिम्रो हातमा नचाउन खोज्यौ । मेरो इमानदारितालाई कायरता सम्झ्यी, हेप्यौ, हेपिरह्यौ। मेरो सम्मान र सद्भावलाई दासता सम्झ्यौ प्रेम गरिनौ। सम्मान गरिनी। सोझा रुखहरू बढ्न नपाउँदै छिटै कार्टिंदा रहेछन्। मलाई पनि तिम्रो मन, वचन र कर्मले काट्यौ। काटिरह्यौ।
ब्राह वर्षमा खोलो पनि फर्किन्छ भनेझै अब बाह वर्षपछि तिमी पनि फर्कंदै छौ। अहिले छोराछोरी पनि आआफ्नो बाटो लागे। मेरो बलबुताले भ्याएजति लेखपढ गराएँ। अब मलाई कुनै चन्धन छैन। मलाई छोराछोरीले पनि सराप्ने छैनन्। मैले यन्त्रा वर्षसम्म चुपचाप सुनेका प्रत्येक प्रश्नको उत्तर कही कतै यिनै गन्थनमा भेटिनेछन् । यिनै गन्धनमा मेरो जीवन्त भोगाइ पाइने छ।
उही तिम्रो मनमा बस्न नसकेकी शिल
उक्त चिठी पढेपछि म स्थनिएँ। मेरा बाह वर्षपछिका मिठा कल्पानहरू त्यसै मरे। अक्षरहरू पढ्दै गर्दा मैले बल्ल बुझै, मैले त शिलुलाई प्रेमको आभास नै दिन सकेको रहेनछु। म अपराध बोधले खिन्न भएँ। अच कहाँ भेटू रु कसरी देखाऊँ मनभित्रको प्रेम। उसले मलाई नियतवश सम्पर्कविहीन भएको सोचेकी रैुछ। त्यो दुर्घटना थियो जसले हाम्रो मनलाई नै दुर्घटित बनाएको रैछ। छोराछोरी पनि जागिर गर्ने भइसकेका रैछन् । साँझ पर्न थाल्यो। छोराछोरी अफिसबाट फर्के। तीनजना बस्यौं । दुःख सुख साट्यौं। छरछिमेकमा सोधखोज गर्यो । कसैले केही बताउन सकेनन् । सबैलाई अज्ञात छोडेर कहाँ गइहोली ?









प्रतिक्रिया दिनुहोस्